अत्तरिया उद्याेग बाणिज्य संघका महासचिव शंकर खड्का सचिब दिपिन कुमार साउँद दिलिप सदस्य बम बहादुर बाेगटी र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्वबियु सभापति भुबन महरा शुक्रबार कैलाली प्रहरी कार्यालय पुगेका हुन ।
उक्त प्रकरणमा अनुसन्धानलाई सहयोग गर्न स्वैच्छिक रुपमा चारै जना प्रहरी कार्यालय पुगेका हुन । दिउसाे यस अघि आज नै संघका महासचिब शंकर खड्का र कार्य समिती सदस्य बम बहादुर बोगटी प्रहरी कार्यालय मा गैसकेका थिए भने दिउसाे केहि समयपछि साउद र महरा पुगेका थिए ।
संघले उक्त सबै जनाको नाममा किटानी दिएको थियो । पुष २६ देखी अत्तरियामा सन्चालन भएको महोत्सबमा किटानी परेकाहरु टिकट ब्यबस्थापनको जिम्मा पाएका ब्यक्ती हुन ।
महोत्सबको ८ औँ दिनमा झण्डै २७ नक्कली टिकटका ठेली संघकै महासचिबले बरामद गरेका थिए । त्यस यता छानबिन हुनुपर्ने माग गर्दै यस क्षेत्रका ब्यबसायीहरुले दबाब दिँदै आएका थिए भने अाज मात्रै पनि टाउकाेमा कालाे पट्टी बाधी दवावमुलक अान्दाेलन गरेका थिए ।