संस्थाका सचिब दिलिप कुमार साउँद(दिपिन)र टिकट काट्ने जिम्मा पाएको संस्था दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया का (स्वबियु) सभापति भुबन महरा को नाममा किटानी जाहेरी परेको छ । नक्कली टिकट को छानबिन को माग गर्दै संघ ले प्रशासन मा उजुरी दिएको थियो ।
केही दिन यता प्रहरीले निरन्तर अनुसन्धान गरिरहेको थियो ।आइतबार प्रहरीले पुरै कार्य समिति र कार्यालयका कर्मचारीहरु संग सोधपुछ गरेको थियो। यद्यपि आइतबार नै प्रहरीले संघलाई अनुसन्धान को लागी किटानी दिन भनेको थियो ।
यता निष्पक्ष छानबिन को माग गर्दै अत्तरिया का ब्यबसायीहरुले पनि संघर्ष समिति वनाई दबाब बढाईरहेका छन् । उनिहरुले नक्कली ठेली प्रकरण विरुद्ध ज्ञापन पत्र बुझाउने देखि हस्ताक्षर अभियान चलाएका छन् ।
महोत्सव को आठौं दिन संघका महासचिव शंकर खड्का नेतृत्व को टिमले महोत्सव स्थलमा नक्कली ठेली फेला पारेपछि घट्ना बाहिरिएको हो । झन्डै २५ बढी नक्कली टिकटका ठेली संघ ले प्रहरीलाई बुझाईसकेको छ । घटना को यसक्षेत्रमा सर्बत्र बिरोध भैरहेको छ ।