भारतबाट आयात हुने बस्तुहरुमा व्यवसायीहरु छली गर्दै धनगढी प्रदुषण कर


भारतबाट आयात हुने बस्तुहरुमा धनगढीउपमहानगरपालिकाले तोकेको कर व्यवसायीहरुले छली गर्ने गरेको पाइएको हो । धनगढीले माछा, मासुजन्य बस्तु, तरकारी, फलफूल, कोइला, गट्टा तथा प्रदुषण जन्य सामाग्रीमा सरसफाइ कर लगाएको छ । तर, व्यवसायीहरुले सो कर तिर्न नमानेको ठेक्का सम्झौता गरेका सोनी कन्स्ट्रक्सनका सञ्चालक हरि भट्टराइले बताए ।

उनले भने –‘अन्य पालिकाको कागजपत्र देखाएर कर तिर्दैनन् । तर, जुन पालिका देखाएर बस्तुभाउ आउँछ । त्यहाँबाट पुनः धनगढीमा ती बस्तु भाउ आउने गरेको छ ।’ उनका अनुसार गोदावरी नगरपालिकाको कागजपत्र देखाएर व्यवसायीहरुले तोकिएको कर तिर्दैनन् । तर, गोदावरीबाट पुनः ती बस्तुभाउ धनगढीमा आउँछन् ।

उनलें धनगढीका व्यवसायीहरुले गोदावरीको कागजपत्र देखाएर सामान आयात गर्ने गरेको बताए । उनले भने –‘धनगढीबाहेक अन्य पालिकामा जाने बस्तु भाउमा कर लिदैनौ । लिन पनि नपाइने हो । यसकारण हामीले त्यस्ता बस्तुभाउको कर काट्दैनौं ।’

उनले धनगढीले तोकेको अनुसार कर संकलन गर्न पाउनुपर्ने बताउँदै –‘अन्य पालिकाबाट धनगढीमा आयात हुने बस्तु भाउमा पनि सोही कर संकलन गर्न पाउनुपर्छ ।’

धनगढीले माछा, कुखुरा, खसी, बोका, बंगुर, मासुजन्य समानमा प्रतिकिलो २० रुपैयाँ, तरकारी तथा फलफुलजन्य सामग्रीमा प्रति क्विन्टल १५ रुपैयाँ र कोइला, गट्टा तथा प्रदुषण जन्य सामाग्रीमा प्रति क्विन्टल २० रुपैयाँ सोनी कन्स्ट्रक्सनले कर संकलन गर्ने सम्झौता भएको छ ।

उनले कर संकलन गर्न जाँदा प्रहरीले आफुहरुलाई दुख दिने गरेको बताउँदै –‘हामीले प्रदुषण कर संकलन गर्न जाँदा प्रहरीले कर संकलक व्यक्तिलाई पक्राउ गर्छन । कर छल्ने व्यवसायीहरुलाई प्रहरी र स्थानीय तहको संरक्षण रहेको छ ।’

केही दिन अघि इलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरिया स्थित सब्जी मण्डीबाट सरसफाई/प्रदुषण कर संकलन गर्ने सोनी कन्स्ट्रक्सनका कञ्चनपुरको कृष्णपुर नगरपालिका – ६ का पदम सुनार र सुरज विकलाई नियन्त्रणमा लिएको थियो ।

उनले धनगढी उपमहानगरपालिका संग भएको सम्झौता बमोजिम कर संकलन गर्दा प्रहरीले बिना कारण आफ्ना कर्मचारीलाई पक्राउ गर्ने गरेको बताउँदै ‘धनगढीबाटै कर संकलन गर्नुपर्ने भएपनि तरकारीको ट्रक प्रहरीकै संरक्षणमा धनगढीबाट अत्तरिया पुग्छन् । आफूहरू अत्तरिया पुगेर कर संकलन गर्न खोज्दा व्यवसायीको उजुरीमा हाम्रा मान्छे पक्राउ गराउँछन् ।

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि भारतबाट आयात हुने सरसफाइ तथा प्रदुषण जन्य सामाग्रीको शुल्क संकलन गर्न सोनी कन्स्ट्रक्सन संग ७९ लाख ९९ हजार ९०१ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार आफूहरूले कर संकलन गर्दा पटक पटक प्रहरी संग विवाद हुँदै आएको संचालक भट्टराइले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0