अत्तरियामा नक्कली टिकट ठेली प्रकरणको छानबिनका लागि टर्च बालेर विरोध 


अत्तरिया :   कैलालीको अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको छानबिनका लागि दवाव दिन टर्च बालेर विरोध गरिएको छ । नक्कली टिकट ठेली प्रकरणको छानबिनका लागि गठन गरिएको संघर्ष समितिले अत्तरिया चोकमा टर्च बालेर विरोध जनाएको छ।

विरोध कार्यक्रम अन्तरगत सहभागी व्यवसायीले टर्च बालेर  अत्तरिया चोक परिक्रमा गर्दै दोषी पत्ता लगाउन माग गरेका थिए । संघर्ष समितिका संयोजक गणेश बलायरले समितिका पदाधिकारीले नक्कली टिकट भेटिने बितीकै समितिबाटै कारवाही गर्नुपर्नेमा ढाकछोप गरिएको बताए । उनले यस घटनामा समितिको साटघाट र राजनीतिक हस्तक्षेप भएको बताए । उनले नक्कली टिकट ठेलीका छानबिन नगरिए आगामी दिनमा थप सशक्त कार्यक्रम गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0