वृहत गोदावरी धामलाई हरिद्वारको स्वरुप बनाएर लैजान आवश्यक छ : नगर-प्रमुख भट्ट


अत्तरिया:  शनिवार विहान नेविसंघ गाेदावरीकाे अायाेजनामा गाेदावरी अार्यघाटमा सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा  कैलालीको गोदावरी नगरपालिकाको प्रमुख धार्मिक तिर्थ धाम गोदावरीलाई भारतको हरिद्वारको स्वरुप बनाउन आवश्यक रहेको गाेदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन । शनिबार  विहान गोदावरी आर्यघाट सरसफाई कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले पवित्र धामलाई संसार सामु चिनाउन गोदावरी धामलाइ व्यवस्थित रूपमा डिपिआरको माध्यमबाट अगाडी बढाउन आफू लागि परेको बताए ।

कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ मा रहेको गोदावरी आर्यघाटमा सरसफाई गरिएको छ । आर्यघाट व्यवस्थापन समितिले शनिबार दुर्गन्धित बन्दै गएको आर्यघाटको सरसफाई गरेको हो ।

पछिल्लो समयमा शव जलाउन गएका व्यक्तिहरुले मरेका व्यक्तिहरुका लुगाकपडा तथा पानीका बोतलहरु जथाभावी फाल्ने गरेका कारण गोदावरी आर्यघाट दुर्गन्धित बन्दै गएको थियो । नगरपालिकाले लुगाकपडा व्यवस्थापनका लागि खाडल समेत खनेको र सबै जनतालाई जनचेतना फैलाउन समेत मेयर भट्टले आग्रह गरेका छन् ।

आर्यघाटलाई समय समयमा सरसफाई गर्दै आउने आर्यघाट व्यवस्थापन समितिका अध्यक्ष कुबेर खड्काले बताए । आर्यघाटमा खानेपानी, व्यवस्थित दाहसंस्कार स्थल तथा सडक लगायतका समस्या रहेका बताउदै उनले आर्यघाट प्रयोग गर्दै आएका कैलाली, कञ्चनपुरका स्थानिय तहहरुले व्यवस्थापनमा लाग्न जरुरी रहेको बताए । आर्यघाट सरसफाई कार्यक्रममा नेविसंघका युवा विद्यार्थी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानियहरुकाे समेत सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0