अत्तरिया महाेत्सवकाे नक्कली टिकट प्रकरणको छानविनमा दवाव दिन सघर्ष समिति गठन


अत्तरिया : कैलालीको अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको छानविन गर्न दवाव दिन सघर्ष समिति गठन गरिएको छ ।

शुक्रबार अत्तरियाका व्यवसायीहरुको भेलाले गणेश बलायरको संयोजकतत्वमा संघर्ष समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा नैन सिह कार्की र सचिवमा धना देवी चोखाल रहेका छन । समितिमा २३ जना सदस्य रहेका छन ।

भेलाले वीर बहादुर चोखालको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिमा धर्म सिह कुवर, सन्तोष सिह, टिकाराम आचार्य र गणेश महरा रहेका छन ।

अत्तरिया उद्योग बाणिज्य संघको सल्लाहकारमा रहेको ४ जना व्यवसायीले राजीनामा दिने घोषणा गरेका छन । शुक्रबार अत्तरियामा आयोजित व्यवसायीहरुको भेलामा संघका सल्लाहकार उपसंयोजक धना चोखाल, नैन सिह कार्की ,धर्म सिह कुँवर र गणेश वाेगटी ले राजीनामा दिने घोषणा गरेका छन ।

उनीहरुले नक्कली टिकट ठेली प्रकरणको छानविन नहुँदा सम्म संघका कुनै पनि गतिविधिमा सहभागि नहुँने घोषणा गरेका छन  । राजीनामा दिएका कार्की नक्कली टिकट ठेली प्रकरणको छानविनका लागि दवाव दिन बनेको सघर्ष समितिका सहसंयोजक बनेका छन ,चोखाल संघर्ष समितिको सचिव बनेकी छिन भने वाेगटी संघर्ष समिति सदस्य वनेका छन  । कुँवर संघर्ष समितिको सल्लाहकार बनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0