महाेत्सवकाे नक्कली टिकट ठेली प्रहरीलाई बुझाइयो


अत्तरिया :  कैलालीको अत्तरिया आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएका नक्कली टिकट ठेली नेपाल प्रहरीलाई बुझाइएको छ । अत्तरिया उद्योग वाणिज्य संघले नक्कली भेटिएका टिकट ठेली इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियालाई  बुझाएको छ। संघको बुधबार विहान बसेको कार्यसमिति बैठकले नक्कली टिकट ठेली प्रहरीलाई बुझाउने निर्णय गरे अनुसार प्रहरीलाई बुझाइएको संघका अध्यक्ष कल्याण सिह बोहराले बताएका छन।

उनले २८ वटा नक्कली टिकट ठेली भेटिएकोमा एक टिकट ठेली जिल्ला प्रशासन कार्यालय कैलालीमा बुझाइएको र बाँकी २७ ठेली मालाखेती प्रहरीलाई बुझाएको बताए । प्रहरीलाई बुझाइएका सबै टिकट ठेली दुवै पक्षको रहोबरमा सिल गरेर प्रहरी कार्यालयमा राखिएको संघका महासचिव शंकर खड्काले बताएका छन ।

जिल्ला प्रशासन कार्यालय कैलालीले नक्कली टिकट ठेली प्रकरणको छानविन गर्न  कैलाली प्रहरीलाई निर्देशन दिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले मंगलबार नै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई पत्र पठाइएको बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जिल्ला प्रशासनबाट अनुसन्धानका लागि बुधबार पत्र अाफुकहाँ पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0