प्रदेशको राजधानी डोटी घोषणा गरौंः प्रदेश सांसद अाेली


धनगढी  : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवराज ओलीले सुदूरपश्चिम प्रदेशको राजधानी डोटीमा बनाउनुपर्ने बताएका छन् ।

आज बसेको प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकको शून्य समयमा बोल्दै प्रदेश सभा सदस्य ओलीले प्रदेश सरकारले राजधानी कार्यान्वयन गर्न नसकेको हुँदा डोटीमा राजधानी घोषणा गरेर अघि बढ्न जरुरी रहेको बताएका हुन् ।

‘संघिय सरकारले प्रदेशले घोषणा गरेको राजधानीका लागि जग्गा पनि उपलब्ध गराउन सकेको छैन् । मन्त्रालय मर्मतका नाममा थुप्रै रकम खर्च भइरहेका छन’ उनले भने –‘डोटीमा सबै मन्त्रालय राख्न सकिने गरि भौतिक संरचनाको व्यवस्था भएको छ । त्यही राजधानी बनाउँ ।’

उनले प्रदेशको राजधानीका विषयमा नयाँ शिराबाट अघि बढ्न जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0