शैक्षिक गुणस्तर सुधारमा लाग्याे डडेल्धुराकाे नवदुर्गा गाउँपालिका, विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गरिने


पालिका भित्र रहेका कक्षा ८ र १० मा पढ्ने विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था मिलाइएको गाउँपालिका स्राेतले जानकारी दिए। गापाकाका  अनुसार अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन हुनेछ।

गाउँपालिकाले अतिरिक्त कक्षा पढाउने शिक्षकलाई नगद प्रोत्साहन दिने भएको छ। अतिरिक्त कक्षामा अध्यापन गराएबाफत शिक्षकलाई एक विषयको प्रति विद्यार्थी तीन सय रुपैयाँ उपलब्ध गराउने गाउँपालिकाका शिक्षा अधिकृत रविकुमार चौधरीले जानकारी दिए। उनले मंगलबारदेखि सुरु भएको अतिरिक्त कक्षा वार्षिक परीक्षासम्म सञ्चालन हुने बताए।

शिक्षा अधिकृत चौधरीकाअनुसार सोमबार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायतको उपस्थितिमा बसेको बैठकले अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। गाउँपालिकाभित्र आधारभूत (१–८) र माध्यमिक विद्यालय ७/७ वटा रहेका छन्। अतिरिक्त कक्षाको शिक्षा शाखा र जनप्रतिनिधिले अनुगमन गर्ने छन्। याे कार्यक्रम चालु हुनेभएपछि स्थानिय जनताहरुले सामाजिक संजाल मार्फत गाउपालिकालाई बधाई दिईरहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0