गोदावरी नगरपालिकाले दियाे विद्यालयमा ४ दिन चिसो विदा


अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अन्तरगतका विद्यालयमा ४ दिन चिसो विदा दिइएको छ । नगरपालिकाले अत्याधिक चिसोका कारण पठन पाठनमा समस्या भएकाले माघ ९ गते देखि १२ गते सम्मका लागि विद्यालयमा विदा दिएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्धारा जारी सूचनामा नगर प्रमुखस्तरीय निर्णयबाट विद्यालयमा विदा दिइएको उल्लेख गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0