अत्तरिया महोत्सवमा नक्कली टिकट प्रकरणकाे विशेष छानविन गर्छाै : महासचिव खड्का 


अत्तरिया : कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा‌ भेटिएका २८ ओटा नक्कली टिकट ठेली बारेमा छानबिन हुने अध्यक्ष  कल्यान  सिंह बाेहराले वताएका छन  ।  अाजमात्रै  आयोजक अत्तरिया उद्योग वाणिज्य संघका महासचिब शंकर खड्काले भेटिएका टिकट नक्कली भएको र यसबारेमा छानबिन हुने र पत्रकार सम्मेलन गरि खुलस्त गर्ने बताए ।

खड्काले महोत्सवको समापन कार्यक्रम भएको हुँदा आफुहरु त्यसतर्फ केन्द्रित हुनुपर्ने भएकोले लगत्तै पर्सि ८ गतेबाट छानबिन गर्ने बताएका छन् । छड्के चेकजाँच गर्दा बिहिबार नक्कली टिकट ठेलि फेला परेको उनले बताए । बिहिबार टिकट काउन्टरमा नक्कली टिकट ठेली भेटिएपछि शुक्रबार आयोजकले नै टिकट काटेका थिए भने अाज शनिवार पनि अायाेजक अाफै टिकट काटिरहेकाे समेत वताए।

  यस्तै टिकट छाप्ने जिम्मेवारी पाएका संस्थाका सदस्य बम बहादुर बोगटीले बरामद गरिएका टिकट ठेलीहरु पुर्ण रुपमा नक्कली भएको र ति नक्कली ठेलिहरु भएका थुप्रै आधारहरु रहेको बताएका छन ।  महोत्सवका टिकटहरु काठमाडौंमा छपाएर सिल प्याक गरेर ल्याएको र महासचिवको राेहोबरमा बुझेर सचिव  दिपिन साउदले टिकट ठेली टिकट काउण्टरमा वितरण गर्दै आएको बताए ।

  बाेगटीले महोत्सवमा टिकट काट्ने जिम्मा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) लाई दिइएको थियो । टिकट काउन्टरमा‌ नक्कली टिकटका ठेलीहरु भेटाइसकेपछि समितिले निर्णय गरेर टिकट काट्ने स्ववियू संगको सम्झौता खारेज गरिएको आयोजक अत्तरिया उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सव स्थलमा (आज) शनिबार पनि आयोजकले नै टिकट काटिरहेका छन । र अाज १० लाख भन्दा वढी बरावरका टिकट बिक्री हुनसक्ने कार्यसमिति सदस्य ज्ञानेन्द्र खड्काले बताएका छन ।

 यसरी महोत्सवबाट नक्कली टिकट ठेली भेटाएपछि  महोत्सवमा यसअघि पनि नक्कली टिकट ठेली वितरण भएर आर्थिक हिनामिना भएको  स्थानीय अाम नागरिकले    आशंका गरिरहेकाे पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0