कोरियन सरकारसँग बझाङका तिन पालिकाले गरे श्रम सम्झौता


काठमाण्डाै : बझाङका तिन वटा पालिका र दक्षिण कोरियाका स्थानीय सरकारवीच कामदार पठाउने सम्झौता भएको छ । जिल्लाको जयपृथ्वि नगरपालिका , खप्तड छान्ना गाउँपालिका र वित्थडचिर गाउँपालिकाले कोरियामा मौसमि कामदार पठाउने पत्रमा हस्ताक्षर गरेका हुन् । दक्षिण कोरीयाका मौसमि कामदार पठाउने र दुई देशका स्थानीय तहहरुवीच भगिनी सम्बन्ध कायम गर्ने उद्देस्य रहेको बित्थड चिर गाउपालिकाका अध्यक्ष अ्म्मर महरले जानकारि दिएका छन ।कोरियामा रहेका स्थानीय सरकारमा आवश्यक कामदारहरुलाई सम्झौता भएका स्थानीय तहबाट मौसमि कामदार पठाउनेगरी सिजनल कामदार र कक्षा १२ उतिणर् गरेका विद्यार्थीहरुका लागी विद्यार्थी पठाउने विषयमा सम्झौता गरेको हो । नेपाल सरकारको समन्वयमा कोरियन स्थानीय सरकार र नेपालका स्थानीय सरकारवीच उक्त प्रारम्भिक सम्झौता भएको हो । जयपृथ्वि नगरपालिका को तर्फबाट एक जना कर्मचारिले सो सम्झौता मा हस्ताक्षर गरेका छन । अन्य दुइपालिका का अध्यक्ष हस्ताक्षर गरेका छन ।

हाललाई प्रारम्भिक सम्भौता भएको भएपनि एक महिनापछी स्थानीय सरकारका प्रतिनीधीहरु दक्षिण कोरिया गएर अन्तिम सम्झौता गरेपछी नेपालबाट कामदार र विद्यार्थी पठाउने कार्यविधि निर्माणको काम थालिने गाउपालिका प्रमुख महरले बताए । स्थानीय सरकारले कोरिया जाने कामदार र विद्यार्थीहरुको नाम नेपाल सरकारलाई सिफारिस गर्ने र त्यसपछी संघिय सरकारले दक्षिण कोरिया पठाउने गरी सम्झौता भएको छ ।
कोरियामा जान नेपालि कामदारहरुले केहि महिना कोरियामा काम गरेपछी केही महिनाका लागि नेपाल फर्कनु पर्ने र फेरी कोरिया जानसक्ने सम्झौता भएको हो । अध्ययन भिसामा कोरिया पुगेका विद्यार्थीहरुले भने अध्ययनसँगै काम गर्न पाउने भएका छन् । कोरिया जाने कामदारहरुका लागी भाषा परिक्षा आवश्यक नभएको भएपनि सामान्य भाषाको ज्ञान हुनु पर्ने छ । स्थानीय सरकारले सिफारिस गरेका पालिका भित्रका स्थानीयहरु र अस्थायी बसोबास गर्दै आएकाहरुले मात्रै कोरिया जान पाउने छन् । यि स्थानिय तहहरुले स्वयम् रोजगार दिन नसकेपनि बिदेशमा श्रमशक्ति भने पठाउन सिफारिश गर्ने छन । हाल सम्म कुनैपनि पालिकाले बेरोजगारको दरलाई न्युनिकरण गर्ने कार्यक्रम ल्याउन सकिरहेका छैनन । जनप्रतिनिधिका नजिकका आसेपासेका कार्यकर्तालाई केहि रकमको उपभोक्ता समिति निर्माण गरि बजेटको अबचलन गर्न भने तल्लिन देखिएका छन । जनप्रतिनिधिहरुलाई बिलासितका गाडि खरिद गरि स्थानिय तहहरुको आर्थिक भारलाई थप्दै गइरहेका स्थानिय समुदायको आरोप लगाउछन । बझाङ का सबै स्थानिय तहहरुको आम्दानि श्रोत करिव शुन्यमा छ । अनुदान को बिकासि रकम बाट कर्मचारिको तलब खुवाइरहेका छन । समुदायको बिकासका निम्ति आएको रकम को अबचलन गरि तलब भत्तामा दुरुपयोग गर्ने गरेका छन । केन्द्रिय , प्रदेश सरकार र अन्य सहयोगि निकायका भरमा चलेका यहाका स्थानिय तहहरुको आफ्नै आयश्रोत भने न्युन छ । आफ्ना नजिका मान्छेलाई कामै नगरि बिल अनुसारको भुक्तानि दिनका लागि दबाब दिने गरेका नाम नखुलाउने शर्तमा एक पालिका का प्रशासकीय प्रमुखले जानकारि दिए । समुदायको बिकास मा भन्दा रकम अबचलन गरि कमाउने धन्दा मौलाएको स्थानिय नागरिक अगुवाको आरोप यहाका जनप्रतिनिधिलाई लगाईरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0