कोरियन सरकारसँग बझाङका तिन पालिकाले गरे श्रम सम्झौता
काठमाण्डाै : बझाङका तिन वटा पालिका र दक्षिण कोरियाका स्थानीय सरकारवीच कामदार पठाउने सम्झौता भएको छ । जिल्लाको जयपृथ्वि नगरपालिका , खप्तड छान्ना गाउँपालिका र वित्थडचिर गाउँपालिकाले कोरियामा मौसमि कामदार पठाउने पत्रमा हस्ताक्षर गरेका हुन् । दक्षिण कोरीयाका मौसमि कामदार पठाउने र दुई देशका स्थानीय तहहरुवीच भगिनी सम्बन्ध कायम गर्ने उद्देस्य रहेको बित्थड चिर गाउपालिकाका अध्यक्ष अ्म्मर महरले जानकारि दिएका छन ।
कोरियामा रहेका स्थानीय सरकारमा आवश्यक कामदारहरुलाई सम्झौता भएका स्थानीय तहबाट मौसमि कामदार पठाउनेगरी सिजनल कामदार र कक्षा १२ उतिणर् गरेका विद्यार्थीहरुका लागी विद्यार्थी पठाउने विषयमा सम्झौता गरेको हो । नेपाल सरकारको समन्वयमा कोरियन स्थानीय सरकार र नेपालका स्थानीय सरकारवीच उक्त प्रारम्भिक सम्झौता भएको हो । जयपृथ्वि नगरपालिका को तर्फबाट एक जना कर्मचारिले सो सम्झौता मा हस्ताक्षर गरेका छन । अन्य दुइपालिका का अध्यक्ष हस्ताक्षर गरेका छन ।
हाललाई प्रारम्भिक सम्भौता भएको भएपनि एक महिनापछी स्थानीय सरकारका प्रतिनीधीहरु दक्षिण कोरिया गएर अन्तिम सम्झौता गरेपछी नेपालबाट कामदार र विद्यार्थी पठाउने कार्यविधि निर्माणको काम थालिने गाउपालिका प्रमुख महरले बताए । स्थानीय सरकारले कोरिया जाने कामदार र विद्यार्थीहरुको नाम नेपाल सरकारलाई सिफारिस गर्ने र त्यसपछी संघिय सरकारले दक्षिण कोरिया पठाउने गरी सम्झौता भएको छ ।
कोरियामा जान नेपालि कामदारहरुले केहि महिना कोरियामा काम गरेपछी केही महिनाका लागि नेपाल फर्कनु पर्ने र फेरी कोरिया जानसक्ने सम्झौता भएको हो । अध्ययन भिसामा कोरिया पुगेका विद्यार्थीहरुले भने अध्ययनसँगै काम गर्न पाउने भएका छन् । कोरिया जाने कामदारहरुका लागी भाषा परिक्षा आवश्यक नभएको भएपनि सामान्य भाषाको ज्ञान हुनु पर्ने छ । स्थानीय सरकारले सिफारिस गरेका पालिका भित्रका स्थानीयहरु र अस्थायी बसोबास गर्दै आएकाहरुले मात्रै कोरिया जान पाउने छन् । यि स्थानिय तहहरुले स्वयम् रोजगार दिन नसकेपनि बिदेशमा श्रमशक्ति भने पठाउन सिफारिश गर्ने छन । हाल सम्म कुनैपनि पालिकाले बेरोजगारको दरलाई न्युनिकरण गर्ने कार्यक्रम ल्याउन सकिरहेका छैनन । जनप्रतिनिधिका नजिकका आसेपासेका कार्यकर्तालाई केहि रकमको उपभोक्ता समिति निर्माण गरि बजेटको अबचलन गर्न भने तल्लिन देखिएका छन । जनप्रतिनिधिहरुलाई बिलासितका गाडि खरिद गरि स्थानिय तहहरुको आर्थिक भारलाई थप्दै गइरहेका स्थानिय समुदायको आरोप लगाउछन । बझाङ का सबै स्थानिय तहहरुको आम्दानि श्रोत करिव शुन्यमा छ । अनुदान को बिकासि रकम बाट कर्मचारिको तलब खुवाइरहेका छन । समुदायको बिकासका निम्ति आएको रकम को अबचलन गरि तलब भत्तामा दुरुपयोग गर्ने गरेका छन । केन्द्रिय , प्रदेश सरकार र अन्य सहयोगि निकायका भरमा चलेका यहाका स्थानिय तहहरुको आफ्नै आयश्रोत भने न्युन छ । आफ्ना नजिका मान्छेलाई कामै नगरि बिल अनुसारको भुक्तानि दिनका लागि दबाब दिने गरेका नाम नखुलाउने शर्तमा एक पालिका का प्रशासकीय प्रमुखले जानकारि दिए । समुदायको बिकास मा भन्दा रकम अबचलन गरि कमाउने धन्दा मौलाएको स्थानिय नागरिक अगुवाको आरोप यहाका जनप्रतिनिधिलाई लगाईरहेका छन ।







