अत्तरियाबाट प्रदुषण कर संकलन गरिरहेका २ जना युवा प्रहरी नियन्त्रणमा


पक्राउ पर्नेमा कम्पनीमा कार्यरत कञ्चनपुरको कृष्णपुर नगरपालिका – ६ का पदम सुनार र सुरज विक रहेका छन । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले तरकारीको ट्रक रोकेर पैसा लिएको गुनासो आएपछि २ जनालाई पक्राउ गरेको बताए । उनले उनीहरूले के कारणले पैसा मागिरहेका थिए भन्ने बारेमा भने अनुसन्धान भइरहेको बताए । दुवै जना अहिले प्रहरी हिरासतमै रहेका छन ।

सोनी कन्स्ट्रक्सनका संचालक हरी भट्टराइले भने भारतबाट आयात हुने माछा, मासुजन्य बस्तु, तरकारी, फलफूल, कोइला, गट्टा तथा प्रदुषण जन्य सामाग्रीमा लाग्ने सरसफाइ करको ठेक्का पाएकाले आफ्ना कर्मचारीले कर उठाएको बताए ।

उनले धनगढी उपमहानगरपालिका संग भएको सम्झौता बमोजिम कर संकलन गर्दा प्रहरीले बिना कारण आफ्ना कर्मचारीलाई पक्राउ गरेको बताए । धनगढीबाटै कर संकलन गर्नुपर्ने भएपनि उक्त तरकारीको ट्रक प्रहरीकै संरक्षणमा धनगढीबाट अत्तरिया आएकाले आफूहरू पनि अत्तरिया पुगेर कर संकलन गर्न खोजेको बताए ।

यसअघि पनि धनगढीबाटै सोनी कन्स्ट्रक्सनका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो । पछि सम्झौता अनुसार नै कर संकलन गरिएको भन्दै ति कर्मचारी छुटेका थिए ।

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि भारतबाट आयात हुने सरसफाइ तथा प्रदुषण जन्य सामाग्रीको शुल्क संकलन गर्न सोनी कन्स्ट्रक्सन संग ७९ लाख ९९ हजार ९०१ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

जस अनुसार माछा, कुखुरा, खसी, बोका, बंगुर, मासुजन्य समानमा प्रतिकिलो २० रुपैयाँ, तरकारी तथा फलफुलजन्य सामग्रीमा प्रति क्विन्टल १५ रुपैयाँ र कोइला, गट्टा तथा प्रदुषण जन्य सामाग्रीमा प्रति क्विन्टल २० रुपैयाँ सोनी कन्स्ट्रक्सनले कर संकलन गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार आफूहरूले कर संकलन गर्दा पटक पटक प्रहरी संग विवाद हुँदै आएको संचालक  हरी भट्टराइले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0