देउवा पुत्र जयवीर र कभर गायिका शिवानाकाे माघ २१ मा बिबाह हुदै


अत्तरिया : पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा पुत्र जयवीर देउवाको यही माघ २१ गते विवाह हुने भएको छ । जयवीरको विवाह पुर्व परराष्ट्र सचिव केदार भक्त श्रेष्ठकी नातीनि शिवाना श्रेष्ठसँग हुने भएको हो । जयवीर र शिवानाको २०८० सालको जेठ १ गते ‘ऐगेजमेन्ट’  भएको थियो ।

केदारभक्त श्रेष्ठ पुर्व परराष्ट्र सचिव मात्रै हाेईनन, उनी युरोपियन युनीयन र अमेरिकाका राजदुत पनि भईसकेका ब्यक्ति हुन । शिवानी केदारभक्तका कान्छा छोरा संजिव भक्त श्रेष्ठकी कान्छि छोरी हुन । शिवाना गीत संगित गाउने र कभर सिंगर पनि हुन ।

शिवानाको सौन्दर्य प्रडक्टको अनलाईन ब्यापार छ । जयविर र शिवानाको ‘ऐगेजमेन्ट’ हुनुु भन्दा अगाडी उनीहरुका रोमांटिक तस्बिरहरु सार्वजनिक भएका थिए । ती तस्बिरहरु हेर्दा जयवीर र शिवानाको पहिला देखि नै प्रेम सम्बन्ध रहेको प्रष्ट हुन्छ ।

‘ऐगेजमेन्ट’ अगाडी औंठी साटासाट गरेका तस्बिरहरु सामाजिक सञ्जाल  ईन्स्ट्राग्राममा सार्वजनिक भएका थिए । त्यसपछि मात्रै दुुबै जनाको ‘ऐगेजमेन्ट’ भएको हो । ‘ऐगेजमेन्ट’ मा जयवीरका बुवा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र आमा आरजु राण देउवाको पनि सहभागित रहेको थियो ।

जयवीरको विवाह बुढानिलकन्ठ स्थित आफ्नै निवासमा हुने पारिवारिक श्रोतले पुुष्टी गरेको छ । जयवी, देउवाका एक्लो सन्तान हुन । उनले नेपाली काँग्रेसको महाधिवेशनका बेला डडेल्धुराबाट काँग्रेसको क्रियासील सदस्यता लिएका थिए ।

देउवा परिवार अहिले धुम्बाराहीस्थित कुलचन्द्र गौतमको घर भाडामा लिएर बस्दै आएको छ । देउवाको बुढानीलकण्ठ निवास मर्मत भइरहेकाले उनले  बालुवाटार छाडे लगत्तै गौतमको घर भाडामा लिएका थिए । अहिले उनको निवास मर्मतको कार्य अन्तिम चरणमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0