देशका वडा अध्यक्षकाे भन्दा बढि सेवासुविधा लिन्छन मेरा २ वटा कुकुर : कडायत


अत्तरिया लाेटस गल्ली :  झ्वाट्ट सुन्दा अचम्म लाग्न सक्छ  तर हाम्रै सहर अत्तरिया लाेटस गल्ली माईकिज टाेलमा एकजनाले अहिलेका नेपालका वडाअध्यक्ष हरुकाे सुविधाभन्दा बढि २ वटा कुकुरले बढि सेवासुविधामा खर्च हुनेगरेकाे छ । यसै क्षेत्रकाेकुरा हाे , जहाँ एकजना यस्ता व्यक्ती छन जसले जनावर  कुकुरमा मात्रै वार्षिक लाखाै रकम खर्च गरि पालिरहेका छन । उनी हुन एक सामाजिक तथा जनावर प्रेमी स्वभावका भएका चर्चित युवा रमेश कडायत हुन । उहाँले ५ वर्ष देखि दुईवटा कुकुर र विगत १२ वर्ष देखि १ वटा खसिमा लाखाै रकम खर्च गरि पालन पाेषण गर्दै अाएका छन  ।

झण्डै ४ लाख ३० हजार बार्षिक कुकुरमा मात्रै ५ वर्षमा २१ लाख ५० हजार जति खर्च गरिसकेकाे र खसिमा वार्षिक झण्डै ५ लाख ( दिनकाे १०० का दरले) गरि खर्च गरिसकेकाे संरक्षक एवम् समाजसेवी जनावर प्रेमि उनै कडायतले वताउछन । कुकुर र खसि लाई गरि झण्डै अहिले सम्म २५ लाख भन्दा बढि नगद रकम खर्च गरिसकेकाे र निरन्तर अझैपनि अावश्यक खर्च गरिरहने कुरा हर्सित मुद्रामा वताउछन कडायत । अहिलेका युवाहरु विभिन्न कुलतमा लागिरहदा उनि भने व्यवसाय संगै कुकुर र खसि लाई सुविधा सम्पन्न तरिकाले पाल्दै अानन्द लिईरहेका छन । कुकुरलाई माैषम अनुसार एसिमा सुविधासम्पन्न काेठामा राखेर समय समयमा नुहाएर विषेश किसिमले पालिरहेका छन । यसरी खुलेर जनावरलाई अाफ्नाे व्यवसाय संंगै माया गरेर पाल्दै अाएका व्यक्ती माईकेज क्याफेका संचालक रमेश कडायत हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0