अत्तरिया महोत्सवमा छैठौ दिन अाज पल शाह लगायतका कलाकार अाउदै


अत्तरिया : कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको छैठौ दिन आज नायक पल शाह लगायतका कलाकारहरुकोे प्रस्तुती रहने भएको छ ।

आज महोत्सवमा गायिका एलिना चौहान, अनिता चलाउने, सृजना खत्री, लोकदेउडा गायक भुवन दाहाल, डान्सर दुर्गा भट्टको प्रस्तुती रहने आयोजक अत्तरिया उद्योग वाणिज्य संघका सांस्कृतिक संयोजक रमेश भट्टराईले जानकारी दिएका छन।

उनका अनुसार महोत्सवमा राष्ट्रिय एवम् स्थानिय चर्चित कलाकारहरूको बेजोड प्रस्तुतिका साथै बिभिन्न क्लब र बिद्यालयहरुको नृत्य प्रतियोगिता समेत रहेको छ । महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, रमाईलो मेला, थारु सँस्कृति तथा परिकार सहितको थारु गाउँ लगायत मुख्य आकर्षणका रुपमा रहेका छन् ।

महोत्सवमा बिद्यार्थीहरुलाई ५० रुपैया टिकट र अन्यलाई १०० रुपैया तोकिएको छ भने अपांगता भएका व्यक्तिहरुको परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था समेत गरिएको आयोजकले बताएको छ । यही पुष २६ गतेदेखी सुरु भएको महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुनेछ ।

समृद्ध प्रदेशको आधार, कृषि पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ २०७२ सालबाट शुरु भएको महोत्सव अहिले आठौं संस्करणको रुपमा सञ्चालन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0