अत्तरियामा जारी महोत्सवमा आज चाैथाे दिन रचना रिमाल आउँदै


अत्तरिया :  कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आज चौथो दिन आज चर्चित गायिका रचना रिमाल लगायतको प्रस्तुती रहने भएको छ ।

रिमालका उनको पिरती पहिले हो की,मिनीरल वाटर,फोटो फिरिममा लगायत दर्जनौ गितहरु चर्चित छन् । महोत्सवका कला सँस्कृति संयोजक रमेश भट्टराईका  अनुसार आजै नरेश योगी,धन बहादुर भण्डारी,सपना शाहि,मेगजन कडायत र कोपिला सिंह कडायतको  समेत प्रस्तुती पनि रहने भएको छ । अत्तरिया उद्योग वाणिज्य संघ अत्तरियाको आयोजनामा पुष २६ गतेदेखी सुरु भएको महोत्सवमा शनिवार हिमाल सागर लगायत डेउडा गायिका डिग्रा वादी,चर्चित गायक चेतन बोहरा,रोजी कुँवर,सोनु कुश्मीकोे प्रस्तुती रहेको थियो ।

लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् ।  महोत्सव  पाैष २६ गते देखि माघ ७ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0