कैलालीको गोदावरीमा मकर मेलाकाे तयारीपुरा, प्रदेश प्रमुखद्वारा मेलाकाे उद्घाटन गरिदै


अत्तरिया : सुदुरपश्चिम प्रदेशको धार्मिक तथा पर्यटकिय स्थल कैलालीको गोदावरी धाममा माघे संक्रान्तिको अवसरमा लाग्ने मकर मेलाको तयारी पुरा भएको छ । गोदावरी धाम व्यवस्थापन समितीले मकर मेलाका लागि तयारी पुरा भएको  बताएको छ ।

माघे संक्रान्तिका दिन देखि सुरु हुने मकर मेलाका लागि गोदावरी धामलाई बर्षातको समयमा बाढीले बगाएको ठाउँमा पैदल तिर्थालु भक्तजनहरुका लागि बाटो सम्याउने लगायतका बिभिन्न कार्यहरु पुरा भएका छन् ।

विगतका बर्ष जस्तै यस बर्ष पनि बाह्र राशि दर्शन मकर मेलाको तयारी अन्तिम चरणमा पुगेको गोदावरीधाम व्यवस्थापन समितीका सहसचिव दिपेन्द्र अवस्थीले बताए । उनले मेलामा सुदुरपश्चिमका जिल्लाहरु सहित छिमेकी देश भारतबाट ठुलो संख्यामा भक्तजन आउने भएकाले त्यसको तयारीको लागि शिव मन्दिर जाने बाटो निर्माण, कुम्भ बाटिका क्षेत्रको ग्राउन्ड सम्याउने लगायतका बिभिन्न कार्यहरु पुरा भएको बताए । मेलाको २९ गते (आईतबार) १ बजे सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने कार्यक्रम रहेको सहसचिव  अवस्थीले बताए ।

गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले हिन्दुधर्म अनुसार धार्मिक स्थल गोदावरीमा लाग्ने मेलाका लागि बाढीले बगाएको क्षेत्रमा नगरपालिकाले जेसिभी लगाएर मर्मत सम्भार गरेको बताए । उनले मेला लाग्ने ठाउ गोदावरीधाम सम्म अत्तरिया बजारबाट श्रदालु भक्तजनहरुलाई आवतजावतमा सहजका लागि बसको पनि व्यवस्था गरिने बताएका छन् । मेयर भट्टले पवित्र गोदावरी धामलाई पर्यटकिय क्षेत्र बनाउन खोजेको बताए ।

त्यस्तै वडा नम्बर ४ का वडाध्यक्ष हेम प्रकाश मल्लले गोदावरीमा बाढीले बगाएको क्षेत्रमा मर्मत सम्भारका लागि एक हप्तादेखी नगरपालिकाको जेसीबी लगाएर मर्मत कार्य भईरहेको बताएका छन् । उनले उक्त क्षेत्रमा बिजुली बत्ती, खानेपानी जडान लगायतका कार्य भईरहेको बताए ।

गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला लाग्ने गरेको छ । माघे सङ्क्रान्ति धार्मिक र आध्यात्मिक रुपमा निकै नै महत्वपूर्ण पर्व हो । यसले देशको भौगोलिकता, जातीयता एवं साँस्कृतिक विविधताको प्रतिनिधित्व गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0