अत्तरियाको एक दोहरी साँझमा कुटपिटबाट ४२ वर्षिय एकजना पुरुषको मृत्यु, अनुसन्धानकालागी ६ जना प्रहरी हिरासतमा


२५ गते बुधवार राति कुटपिटमा परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको हो।

२५ गते राति दोहरी साँझमा कुटपिटमा परेका देउवालाई उपचारको लागी आफन्तले राति नै धनगढी स्थित निसर्ग हस्पिटलमा लगेका थिए।

गम्भीर चोट लागेका देउवाको उपचारको क्रमम मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए।

देउवाको अस्पतालमा मृत्यु भएपछि मात्रै परिवारका आफन्तले घटना बारे प्रहरीलाई बताएको प्रवक्ता चन्दले बताए।

देउवाको मृत्यु भएपछि उनको परिवारले  शनिवार इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको थियो।

कैलाली प्रहरी प्रवक्ता चन्दले घटनाको अनुसन्धान भइरहेको बताए।अनुसन्धाका लागि शनिवारसम्म ६ जना लाई अनुसन्धानका लागी नियन्त्रणमा लिईएकाे बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0