अत्तरिया महोत्सवमा आज शान्तिश्री परियार लगायत ६ जना कलाकारहरु अाउने


अत्तरिया :  कैलालीको अत्तरियामा हिजोबाट सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित गायिका शान्तिश्री परियार लगायतको प्रस्तुती रहने भएको छ । परियार अरेली काँडैले मलाई च्वास्सै च्वास्सै,बोल माया, गलबन्दी च्यातियो लगायतका चर्चित गीतहरुकी गायीका हुन् ।

त्यस्तै डेउडा गायक सुरेश चोखालको प्रस्तुती पनि आजै रहने भएको छ । चोखालले आइजा मेरी जसुली लगायतका चर्चित गीतहरु गाएका छन् ।

आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईका अनुसार अन्य ४ जना स्थानीय कलाकारको पनि प्रस्तुती रहनेछ । जस्मा कृष्ण विक,केशव फुलारा,डिबी निंरकारी र शुसिला कार्की रहेका छन् ।

लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सव पाैष २६ गते देखि माघ ७ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0