राजनितिमा राइट प्रसन राइट प्लेस हुन आवश्यक छ : रमेश प्रसाईँ


अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय  सदस्य तथा सह प्रवक्ता रमेश प्रसाईँले देशको विकासका लागि राजैतिक दलमा राइट प्रसन राइट प्लेस हुन आवश्यक रहेको बताएका छन। अत्तरियाकाे प्लानेट भिटिका विद्यार्थीहरू सँगकाे साक्षात्कारमा प्रसाईँले देश विकासका लागि  राजनितिक दलमा उपयुक्त मानिस सही ठाउँमा पुग्न आवश्यक रहेको बताए ।

उनले नेपालका ठूला मात्रै नभएर साना पदहरूमा पनि दक्ष मानिस नहुँदा देशको विकासमा बाधा परेको बताए ।

प्रसाईले नेपालकाे लोक सेवामा पनि धेरै जिके जानेकोलाई छनोट गरिदै आएकोमा त्यसले मात्रै उपयुक्त मानिस सही ठाउँमा नपुग्ने बताए । उनले रास्वपाले युवालाई पहिलो प्राथमिकता दिएको बताए । उनले युवा काँचो माटो नभएर सयम अनुसार अपडेटिट हुने बताए ।

उनले भने ‘अपडेटिट युवाले अहिलेको प्रविधि अनुसार काम गर्छ । त्यसैले युवालाई नेतृत्वमा ल्याउन आवश्यक छ ।’ सबै नेता उस्तै हुन भन्ने सहभागिताको प्रश्नको जवाफ दिदैं प्रसाईँले रास्वपाको चरित्र हेरेर त्यो आरोप लगाउने आधार नभेटिने बताए । रास्वपामा ३८ वर्षका युवा महामन्त्री र अन्य पदहरुमा पनि राईट पर्सन राईट प्लेसकाे अवधारणा लागुगरिएकाे वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0