सञ्चालक समितिको सदस्यमा दिलबहादुर सिंह, कर्णसिंह साउँद, बिष्णुराज भट्ट, प्रकाशदत्त भट्ट, सकुन्तला नगरकोटी र उत्तरसिंह बिष्ट चयन भएका छन्।
फार वेष्टर्न एग्रो जाइन्ट लिमिटेड अर्थात् भटमास उद्योग ७ सय ७७ जना शेयर सदस्य र एक हजार बढी भटमास कृषक मिलेर सञ्चालनमा ल्याइएको हो।
यस कम्पनीले सुदूरपश्चिमका करिब चार सय जनालाई रोजगारी दिने लक्ष्य राखेको छ।
भाैतिक निर्माणकार्य सकिएको उद्योगले अबको केही समयमै उत्पादन सुरु गर्ने संचालक समितिले बताएकाे छ।
कम्पनीमा सोयाविन,मसला, टोफो, साबुन खाने तेल लगायतका उत्पादन हुने कम्पनीले जनाएको छ।
उद्योग डडेल्धुराको अमरगढी नगरपालिका-१ मा ३० रोपनी जमिनमा स्थापना गरिएको छ। जुन सुदुरपश्चिममा एक मात्रै कृषिकाे क्षेत्रकाे यति ठुलाे लिमिटेड कम्पनी रहेकाे छ ।