युवा व्यवसायी एवम् काङग्रेस कैलालीका प्रवक्ता भट्टले गरे असहाय बालबालिकालाई ५० हजार बराबरका सामग्री सहयोग


 

अत्तरिया: युवा व्यवसायी एवम् नेपाली कांग्रेस कैलालीका प्रवक्ता प्रेमराज भट्टले असहाय बालबालिकालाई ५० हजार बराबरका सामग्री सहयोग गरेका छन् ।

भट्टले गोदावरी नगरपालिका वडा नम्बर ५ बरबट्टा गाँउमा रहेकोे नवदुर्गा आधारभुत विद्यालयका १० जना असहाय बालबालिकालाई तातो लुगा,जुत्ता,मोजा,कापी,कलम,विद्यालय पोषाक लगायतका सामग्री सहयोग गरेका हुन् ।

उत्त विद्यालयका प्रधानाध्यापकले बालबालिकाको अवस्थाका बारेमा सामाजिक सञ्जालमा ति बालबालिकाको बारेमा लेखेको देखेपछी आफुले सक्दो सहयोग गरेको भट्टले बताएका छन् । भट्टेले यस्ता सामाजिक कार्यमा पहिलेपनि विभिन्न असहाय व्यक्तीहरुलाई सहयाेग गर्दैअाएका व्यक्ति हुन् भने यसक्षेत्रका सफल युवा व्यापारी समेत रहेकाछन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0