गोदावरीको नगर कार्यपालिका बैठकमा मनोमानी गरिएको एमाले निकट जनप्रतिनिधिकाे अारोप


अत्तरिया :  कैलालीको गोदावरी नगरपालिकाको कार्यपालिका बैठकमा मनोमानी गरिएको आरोप लागेको छ । एमाले निकट उपमेयर सहितका कार्यपालिका सदस्यहरुले मेयर लगायतका कार्यपालिका सदस्यले मनोमानी गरेको आरोप लगाएका हुन ।

मंगलबार नगरपालिका प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले निकट जनप्रतिनिधिले मेयर विरेन्द्र भट्ट पक्षका जनप्रतिनिधिले झुक्याएर कार्यपालिका बैठक बसाएको, झुक्याएर हस्ताक्षर गराइएको, कार्यपालिका बैठकमा बोल्न नदिइएको, बैठकमा अपमान गरेको आरोप लगाएका छन ।

गोदावरी नगरपालिका – ७ की वडाअध्यक्ष कलावती साउदले कार्यपालिका बैठकमै आफ्नो अपमान गरिएको बताइन् । उनले कार्यपालिका बैठक १०५ नबसी १०६ औं बैठक कसरी आयोजना गरियो भनेर प्रश्न उठाउँदा मेयर भट्टले बैठकबाट बाहिर निस्कन भनेको बताइन् ।

‘१०५ कार्यपालिका बैठक किन भएन । १०६ औं बैठक कसरी भयो भनेर प्रश्न उठाउँदा मेयरसापले अस्ति गरेको छलफल नै १०५ औं बैठक हो भने । एजेण्डा बिना कसरी १०५ औं बैठक भयो । १०५ औं बैठकमा के निर्णय भयो भन्ने पनि हामीलाई जानकारी छैन भनेर कुरा उठाउँदा मेयरसापले तपाइको चित्त बुझ्दैन भने बाहिर निस्कनु भने’ उनले प्रश्न गरिन ‘मलाई महिला भनेर हेपेका हुन कि के हो रु’
पौष २३ गते गोदावरी नगरपालिकाको कार्यपालिका बैठकमा विवाद भएपछि एमालेबाट निर्वाचित कार्यपालिका सदस्य बाहिर निस्किएका थिए । बैठकको सुरुमै बैठक सङ्ख्यालाई लिएर विवाद भएको थियो । पौष ६ गते बसेको बैठकलाई १०५ औं कार्यपालिका बैठक भनिएको भएपनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले भने उक्त बैठक विधिसम्मत नभएको बताउँदै आएका छन । उक्त बैठकमा गोदावरी नगरपालिकाको भवन पुनः उद्घाटन गरिने निर्णय गरिएको थियो । उक्त बैठकमा एमालेबाट निर्वाचित जनप्रतिनिधि उपस्थिति भएपनि सो बैठक झुक्याएर आयोजना गरिएको आरोप एमालेबाट निर्वाचित जनप्रतिनिधिले लगाएका छन ।

वडा सदस्य साउँले पौष ६ गते सामान्य छलफल भनेर बोलाइएको बैठकलाई पछि कार्यपालिका बैठक भनेर झुक्याइएको बताइन् । उनले कार्यपालिका बैठक अघि एजेण्डा सहित मोबाइलमा मेसेज गरिने भएपनि पौष ६ गतेको बैठकमा त्यस्तो कुनै प्रक्रिया नपुर्याइएको बताइन् । उनले भनिन ‘सामान्य छलफल भनेर बोलाएको बैठकलाई कार्यपालिका बैठक हो भनेर हामीलाई झुक्याइएको छ ।’

८ नं का वडा अध्यक्ष गोविन्द चौधरीले कार्यपालिका बैठकमा बोल्नै नदिइएको बताए । ‘बोल्नको लागि पहिले हस्ताक्षर गर्नुपर्ने भनिन्छ । सहमति नभएको कुरामा लेख्न पाइदैन’ उनले भने ‘हामीले कार्यपालिकामा बोल्न पाउनु प¥यो असहमति भएको विषयमा बोल्न पाउनु पर्छ ।’ उनले लोकतन्त्रमा जनप्रतिनिधिले बोल्न पाउने अधिकार बञ्चित गरिएको बताए ।

५ नं वडा अध्यक्ष शुद्धिराम चौधरीले १०५ औं कार्यपालिकाको निर्णय गैरकानुनी र सुनियोजित तरिकाले भएको बताए । ‘जुन बैठकमा गोदावरी नगरपालिकाको भवन पुन उद्घाटन गर्ने भनिएको छ । यसमा हाम्रो  आपत्ती छ’ उनले भने ‘हिजो ९सोमबार० बसेको कार्यपालिका बैठकमा पनि हामीलाई बोल्न दिइएको छैन । हामीलाई बैठकमा पहिला हस्ताक्षर गर्न भनिन्छ त्यसपछि मात्रै बोल्न पाइन्छ भनिन्छ । हाम्रो बोल्न पाउने अधिकार बञ्चित गरिएको छ ।’

उपमेयर शारदा रोकायाले एक सरकारले भवन उद्घाटन गरिसकेकाले पुनः  उद्घाटन गर्ने निर्णयमा आफूहरूले विरोध रहेको बताइन् । उनले पौष २३ गतेको कार्यपालिका बैठक प्रक्रिया पु¥याएर बोलाइएको भएपनि त्यसअघि बैठकलाई अधिकारिकता दिने गरी बैठक संख्या तोकिएपछि आफूहरूले विरोध गरेको जनाइएन । ‘सोमबारको कार्यापालिका बैठक प्रक्रिया पु¥याएर नै बोलाइएको थियो । बैठक अघि हामीलाई एजेण्डा पनि दिइएको थियो । ति एजेण्डा राम्रा पनि थिए । तर, कार्यपालिका बैठक १०५ हुनुपर्नेमा १०६ भनिएपछि हामीले विरोध गरेका हौ’ उनले भनिन् ‘१०५ बैठक भइसक्यो भनियो । तपाई सहमत हुनु हुदैन भने बाहिर जानुस् भने । त्यसपछि हामी बाहिरिएका हौ ।’

उनले उद्घाटन गरिएको भवन पुनः उद्घाटन गरेर बहादुरी देखाउन आवश्यक नरहेको बताइन् । उनले भनिन् ‘हाम्रो भनाई अहिले विकास निर्माणमा केन्द्रित हुनुस् भन्ने हो । विकास निर्माणका काम भएनन् भनेर विरोध आइरहेको छ । यस्तो अवस्थामा हामीले एक पटक उद्घाटन भएको भवन फेरी उद्घाटन गर्नु उचित भएन ।’

गोदावरी नगरपालिकाको भवन निर्माणाधिन अवस्थामा तत्कालिन एमालेबाट निर्वाचित मेयर हरि सिह साउदले २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए । एडीबीको ऋण सहयोगमा क्षेत्रिय सहरी विकास कार्यालय धनगढी निर्माण गरेको उक्त भवन हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढेकाले शिलान्यासमा अघिल्लो जनप्रतिनिधिको नाम लेखेर भवनको पुनः उद्धाटन गर्ने निर्णय पौष ६ गतेको बैठकमा गरिएपनि सुरु भएको विवाद हाल उत्कर्षमा पुगेको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0