भारतकाे अयोध्यामा हुने प्राण प्रतिष्ठा समारोहमा धनगढीका नगर प्रमुख हमाललाई अायाे निमन्त्रणा


अत्तरिया :  अयोध्या श्रीराम जन्मभूमिमा हुने प्राण प्रतिष्ठा समारोहमा  धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई निमन्त्रणा आएको छ । 

पौष , शुक्ल  द्वादशी बिक्रम सम्बत २०८०  सोमबार  (२२जनवरी २०२४) मा हुने उक्त समारोहमा श्रीराम जन्मभूमी तिर्थ क्षेत्र मन्दिर निर्माण कार्यशाला रामघाट अयोध्याबाट नगर प्रमुखलाई निमन्त्रणा आएको हो ।

श्रीरामललाको गर्भगृहमा हुने प्राण प्रतिष्ठा समारोहमा  भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदी, राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक  श्री मोहन भागवत जी , उत्तर प्रदेश सरकारका राज्यपाल  श्रीमती आन्नदी  बेन पटेल , उत्तर प्रदेश सरकारका मुख्य मन्त्री श्री आदित्यनाथ योगी, श्रीराम जन्मभूमी तीर्थ क्षेत्रका अध्यक्ष पुज्य महन्त नृत्यगोपाल दास जी, सन्त समाज , समाजिक आध्यात्मिक व्यक्तित्वहरूको उपस्थितिमा प्राण प्रतिष्ठा समारोह  सम्पन्न हुन गई रहेको छ ।

प्राण प्रतिष्ठा शुभ मुहुर्त  पौष शुक्ल द्वादशी बिक्रम सम्बत २०८० मध्याह्न १२ः२० रहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0