सुदूरपश्चिममा लाग्ने हरेक मेला महोत्सवमा स्थानीय कलाकारलाई बेवास्ता गरेको गुनासो व्यापक बढिरहेका बेला अतरियामा भने आयोजकले पहिलो प्रथमिकतामा स्थानीय कलाकारलाई राखेको छ ।
आयोजक अतरिया उद्याेग वाणिज्य सघका महासचिव शंकर खड्काले विगतका कमी कमजोरीवाट पाठ सिक्दै यस पटक गुनासो आउने ठाउँहरुलाइ पहिलो प्राथमिकतामा राखिएको बताए ।
उनले सबैभन्दा बढी गुनासो स्थानीय कलाकारहरुको हुने गरेकाले यस पटक आमन्त्रीत कलाकार भन्दा बढी अर्थात करिब ८० प्रतिशत बढी स्थानीय कलाकारलाई समावेश गरिएको बताए ।
“अझै केही स्थानीय कलाकारहरु छुटेका पनि हुन सक्नेछन् हामी सबैलाई समेट्न प्रयास गर्नेछौं,” उनले भने,”यस पटक समावेश हुन नसकेका अन्य कलाकारलाई आगामी दिनमा पक्कै सम्झिनेछौ ।”
स्थानीय उत्पादन, स्थानीय कला , सस्कृती , भेषभुषा ,रहनसहनकै लागि आयोजना गरिएको मेला भएकाले सबैलाई सम्मान सहित प्रथमिकतामा राखिएको महासचिव खड्काले बताए ।
पुस २६ वाट माघ ७ गते सम्म संचालन हुने महोत्सवमा आउने कलाकारहरुको नाम सार्वजनिक गरिएको छ ।
जसमा हास्यकलाकारद्धय सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), गायिका शान्ति श्री परियार, प्रिती आले, एलिना चौहान, रचना रिमाल, प्रिती आले, गायक प्रमोद खरेल, पुष्कल शर्मा, हिमाल सागर, चक्र बम, टंक तिमिल्सिना , सुरेश चोखाल ,चेतन बोहरा आउने छन् ।
यस्तै देउडा गायक भुवन दाहाल, लाल बहादुर धामी (अछामी बड्डो), दिपेन्द्र दाहाल, कृष्ण बिक, टेक बोगटी, नरेश जोगी, सुमन ताम्राकार, मनिष खडका, शेर कैनी, टेक बिसी, सौगात ओझा, कृष्ण र्याउले, देउडा गायिका डिक्रा देवी बादी, गायिका अनिता चौलाउने, सृजना खत्री रहने छन् ।
यस्तै हास्य कलाकारहरु हेम अधिकारी (खन्टेखलास) र भिम बिष्ट अछामी रेखा , गायक डिबि निरंकारी, मेघजंग कडायत, अमृत नाथ , रेस विसी, रमेश मल्ल, गायिका सपना शाही, शुसिला कार्की, मोडल टिका जैशी, दुर्गा भट्ट, रोजी कुवँर, रुविना अधिकारी, अस्मीता पुरी, आभा, आस्मा भण्डारी लगायतका कलाकारहरु रहेका छन् ।
यसमा अझै थपघट हुन सक्ने आयोजक अत्तरिया उधोग वाणिज्य संघले जनाएको छ । महोत्सबको लगभग तयारी अन्तिम चरणमा पुगेको संघका कोषाध्यक्ष हेम भण्डारीले बताए ।
महोत्सव स्थलमा गेट निर्माण देखी स्टेज निर्माणको काम भैसकेको र यस पटक अघिल्लो बर्ष भन्दा बढी महोत्सव स्थलको क्षेत्र बढाएको बताएका छन।
यो सुदूरपश्चिम प्रदेशकै उत्सवका रुपमा रहेकाले यसलाई सबैले सफल पारिदिनेमा आशावादी रहेको अत्तरिया उद्याेग वाणिज्य संघले जनाएको छ ।