गोदावरी नगरद्वारा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागु


अत्तरिया : कैलालीको गोदावरी नगरपालीकाले अघि सारेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागु गरेको छ । गत असार ८ गते सम्पन्न भएको दशौँ नगर सभामा नगरपालीकाले आर्थिक वर्ष २०८०\८१ को निती तथा कार्यक्रम प्रस्तुत गर्दै ‘एक विद्यालय एक नर्स’ को अवधारणा अनुसार विद्यालय नर्स कार्यक्रम सुरु गर्ने जनाएको थियो ।

चालु आर्थिक वर्षका झण्डै ५ महिनापछी मंसिंर अन्तिम हप्तादेखि उक्त कार्यक्रम सञ्चालन भएको गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिए । उक्त कार्यक्रमकालागि दरवन्दी सिर्जना गर्ने भनिएपनि नगरपालिकाका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको संख्या उल्लेख्य भएको हुँदा हालकालागि उनीहरुलाई नै खटाईएको उनले बताए ।
एक विद्यालयमा एक नर्स आवश्यक भएपनि अहिले कार्यक्रम सुरुवातको क्रममा एक वडामा कम्तीमा एकजना नर्स रहने गरि १२ वटै वडामा गरि १६ जना स्वास्थ्यकर्मी खटाईएको अवस्थीको जनाएकाे छ । ‘एक विद्यालय एक नर्स’ कार्यक्रम हो, अहिले तत्कालै नगरको आर्थिक अवस्था पनि नाजुक छ, हामीसंग स्वास्थ्यकर्मीको संख्या सबै स्वास्थ्य संस्थामा प्रशस्त नै छ त्यसैले उहाँहरुलाई नै खटाएर कार्यक्रम सुरु गरेका छ, अवस्थीले भने ।
स्वास्थ्यकर्मीले हरेक विद्यालयमा हप्ताको एकदिन स्वास्थ्य शिक्षाको बारेमा अध्यापन गराउने कार्यतालिका रहेको छ । यस कार्यक्रममा कक्षा ७ भन्दा माथिका विद्यार्थीलाई समेटिएको छ । यो कार्यक्रमले पछिल्लाे समय बढ्दो क्रममा रहेको , नसर्ने रोगहरुको समस्यालाई दिगो रुपले सम्बोधन गर्ने र स्वास्थ्य सम्बन्धी आधारभुत जानकारी विद्यालय स्तरमै प्रदान गरी स्वस्थ समाज निर्माणमा टेवा पुग्ने नगरपालीकाको विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0