समय नहुने भन्दै रास्वपा सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले दिए पदबाट राजीनामा


 अाफुहरुकाे समय नहुने भन्दै महामन्त्री भोजराज जोशी र उपसभापति श्रृष्टी महराले पदबाट राजीनामा दिएको पार्टी सभापति इन्जिनियर प्रकाश बिष्टले जानकारी दिएका छन ।

उनीहरू दुवै जनाले प्रदेश कमिटीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएको कुरा सभापति बिष्टको भनाइ रहेकाे छ । उनीहरूको प्रदेश सदस्य पद भने कायमै रहेको  बताएका छन्।

जोशीले राजीनामा दिएपछि महामन्त्रीको जिम्मेवारी पारस बाहुनलाई जिम्मेवारी दिइएको छ । पारस  पार्टिका डडेल्धुरा   पुर्वसंयाेजक हुन् ।

उपसभापति श्रृष्टीको ठाउँमा पनि अर्को व्यक्तिलाई जिम्मेवारी दिने रास्वपाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0