सुदूरपश्चिम प्रादेशिक महोत्सवमा मुख्य गेटको पुजा गर्दै तयारी सुरु


अत्तरिया : कैलालीको अत्तरियामा आयोजना हुन गैरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी सुरु भएको छ । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा यही पुष २६ गतेदेखी सुरु हुन गैरहेको महोत्सवको शुक्रबार देखी तयारी सुरु भएको छ।

अत्तरिया उद्योग वाणिज्य संघले प्रयेक वर्ष झै यस वर्ष पनि आयोजना गर्न लागेको उक्त महोत्सवका लागी विभिन्न संरचनाहरु निर्माण गर्ने काम सुरु भएको छ । शुक्रबार संघका अध्यक्ष कल्याण सिँह बोहराले महोत्सवको प्रवेशद्धारको पुजा गरेर निर्माण कार्य सुभारम्भ गरेका हुन ।

माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवका लागी विभिन्न उपसमितिहरु समेत गठन गरिएको बताईएको छ । अध्यक्ष बोहराले महोत्सवमा १५० वटा स्टलहरु राखिएको बताए । आठौँ संस्करणको महोत्सवका लागि विभिन्न तयारीहरु सुरु गरिएको उनले बताए । उनले अन्य विभिन्न ठाउँहरुबाट तयारी भैसकेको र महोत्सव स्थलमा संरचनाहरु निर्माणको कार्य शुक्रबारदेखी सुरु भएको बताए ।

समृद्ध प्रदेशको आधार कृषि, पर्यटन र व्यापार भन्ने मुल नाराका साथ आयोजना हुन गैरहेको महोत्सवले स्थानियस्तरका उत्पादनहरुलाई बढी प्राथमिकता दिने संघका महासचिव शंकर खड्काले बताए । उनले विगतका कमिकमजोरीहरुलाई सुधार गर्दै यसपटक नयाँ व्यवस्थापन र उर्जाका साथ महोत्सव सञ्चालन गर्ने गईरहेको बताए । उनका अनुसार महोत्सव सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न विधाहरुमा यसपटक टेण्डर प्रणाली लागु गरिएको छ ।

महोत्सव अवधीभर आवश्यक पर्ने सुरक्षा व्यवस्थाका लागि पनि यसपटक टेण्डर आह्वान गरिएको उनले बताए । त्यसका साथै प्रिन्टिङ सामग्रीका लागि, निर्माणजन्य सामग्री, क्यामेरा लगायतका कार्यहरुका लागि पनि टेण्डर आह्वान गरिएको महासचिव खड्काले बताए । उनले टेण्डर आह्वान गर्दा संघलाई केही फाईदा पुग्ने देखिएकाले उक्त प्रकृया अपनाईएको बताए । टेण्डर अनुसार सबैभन्दा कम बजेटमा काम गर्न सक्ने फर्म वा व्यक्तिलाई मात्रै यसपटक महोत्सवका विभिन्न जिम्मेवारीहरु दिईएको अायाेजकले बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0