स्थानिय उत्पादन बजारमा बिक्री नभए पालिकाले जिम्मा लिन्छ : मेयर विरेन्द्र भट्ट


अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ४ मा दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ । महिला विकास कार्यक्रम अन्तरगत गोदावरी नगरपालिका – ४ को आर्थिक सहयोगमा बास्कोटा सामुदायिक वनद्वारा १ हप्ते तालिमको आयोजना गरेको थियो ।

शनिबार देखि सुरु भएको तालिमको एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेद्र भट्ट र वडा न ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले तालिममा सहभागिहरुलाई प्रमाण पत्र वितरण गरी कार्यक्रमको समापन गरिएकाे हाे ।

समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बिरेन्द्र भट्टले भने, स्थानिय स्तरमा  प्लास्टिक  रहित दुना टपरी बनाए पश्चात बजारमा बिक्री बितरण भई तालिममा सहभागीले लाभ लिने कुरामा हामी ढुक्क छौ, यदी अत्तरिया – धनगढीका बजारमा उत्पादिन दुना टपरी बिक्री बितरण हुन नसके गोदावरी नगरपालिका त्यसको बजारिकरण एव् ब्यबस्थापनको जिम्मा लिने कुरा बताए ।

दुना टपरी तालिमबाट हामी जस्तो गाउँ बस्तीमा रहेका महिलाहरुलाई रोजगार संग जोड्न तालिम महत्वपूर्ण भएको कुरा तालिममा सहभागीले बताएका थिए भने , दुना टपरी बनाउने तालिममा ३५ जना सहभागि रहेको वडाअध्यक्ष हेमप्रकाश मल्लले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0