अत्तरियामा सुदुरपश्चिम प्रादेशिक महोत्सव हुने भए संगै अावश्यक तयारी शुरु


अत्तरिया  : कैलालीको अत्तरियामा सुदुरपश्चिम प्रादेशिक महोत्सव हुने भएको छ ।

आयोजक अत्तरिया उद्याेग बाणिज्य संघले आज पत्रकार सम्नेलन गरेर उक्त कुराको जानकारी दिएको हाे।

संघका महासचिव शंकर खड्का ले पुष २६ गते देखि माघ ७ गते सम्म महोत्सव संचालन गरिने बताए ।

उनले बिगतका बर्ष झै अत्तरिया पुर्बरोडमा रहेको लामिताल  क्षेत्रमा महोत्सव लगाइने जानकारी दिएका छन ।

संस्थाका अध्यक्ष कल्याण सिँ बोहराले महोत्सवलाई  सफल पार्न सवै को सहयोग आबश्यक रहेको बताए ।

बोहराले महोत्सव को  अावश्यक तयारी शुरु भएको र  विभिन्न उपसमिति मार्फत कार्य भैरहेको बताए ।

महोत्सवमा कृषि प्रदर्शनी, स्थानीय परिकार, रमाइलो मेला , स्थानीय कला संस्कृति को प्रस्तुति र कलाकारहरु को सांगीतिक प्रस्तुति रहने आयोजक ले बताए । यस्तै कार्यक्रममा  प्रमुख अतिथि कसलाई वनाउने भन्नेकुरा अर्काे पत्रकार सम्मेलन गरि जानकारी गराउने समेत अध्यक्ष बाेहराले वताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0