सुर्मा गाउँपालिकामा परिबार नियोजन सम्बन्धि निशुल्क स्वास्थ्य शिबिर सम्पन्न


रुपक खड्का / बझाङ :  सुर्मा गाउँपालिका ५ को सैनगाउँ आधारभुत स्वास्थ्य चौकीमा पाठेघर खस्ने रोगको जाँच तथा रिङ्गपेसरी राख्ने परिवार नियोजन अस्थायी साधन इम्पलान्ट राख्ने सम्बन्धि १ दिने निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भयको छ।

सुर्मा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र परिबार नियोजन महासंघ बैतडीको साझेदारीमा संचालन भएको निशुल्क शिबिर बाट २२ जना महिलाहरुले परिवार नियोजन तथा इम्पलान्ट राख्ने सम्बन्धि सेवा पाएका छन् ।
स्वस्थ्य शिबिर कार्यक्रमको अध्यक्षता निबर्तमान वडा अध्यक्ष तथा सुर्मा आधारभुत स्वास्थय केन्द्रका ब्यबस्थापन समिति अध्यक्ष टाेप ब. बोहराले गर्नुभएको थियो भने प्रमुख अथिती परिबार नियोजन बैतडीका प्रबन्धक बासुदेब भट्ट रहनुभएको थियो।
त्यसैगरि बिशिस्ट अतिथि वडा अध्यक्ष वीर बहादुर जेठारा र अतिथी जिल्ला अस्पतालका स्वास्थ्यकर्मी इम्पलान्ट IVCD प्रशिक्षक कमला भट्ट रहनु भएको थियो।
१ दिने निशुल्क प्रजनन स्वास्थ्य सम्बन्धि समस्या भयका महिला हरुलाइ आफ्नै गाउमा सेवा पाएपछि खुशी भएका छन् ।दिनहुँ मेलापातमा ब्यस्त रहेर आफ्नो स्वास्थ्यको ख्याल नगरी अस्पताल जान पनि बिर्सेको जुनधारा बोहराले बताइन्।

सुर्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिबराज बोहरा ले स्वागत मन्तव्य राख्दै दुर्गमका महिला हरुले रोग लुकाउने गरेको र बजारसम्म आउन अप्ठ्यारो पर्न भएकाले गाउँकै स्वस्थ्य सस्थामा १ दिने शिबिर आयोजना गरेको बताए ।

उक्त कार्यक्रमको संचालन गर्दै सैनगाउ आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख ऎन ब. बोहराका अनुसार प्रायःजसो महिला हरु अझैपनी अस्पताल आएर आफ्नो रोगबारे खुलेर बताउन नसक्ने र लजाउने पनाले गर्दा महिलाहरुको बिरामीले ह्हन बिकराल बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0