गोदावरीकाे चैतन्यपुरमा रहेकाे नवदुर्गा भगवति मन्दिरमा २० गतेदेखी ज्ञान विज्ञान सप्ताह महायज्ञ लाग्ने


अत्तरिया : गाेदावरीको चैतन्यपुरमा धार्मिक ज्ञान विज्ञान सप्ताह महायज्ञ लाग्ने भएको छ । गोदावरी नगरपालिका वडा नम्बर १ चैतन्यपुर स्थित नवदुर्गा भगवति मन्दिरमा सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको हो ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै यहि पौष २० गते देखी २६ गते गतेसम्म ज्ञान विज्ञान सप्ताह महायज्ञ लाग्ने आयोजक नवदुर्गा भगवति मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरको स्तरोन्ती, सनातन संस्कृतिको संरक्षण तथा पर्यटकिय स्थल निर्माणका लागि महायज्ञ लगाउन थालिएको महायज्ञ व्यवस्थापन समितिका संयोजक मान बहादुर बलायरले बताए । महायज्ञ सफलता पुर्वक सम्पन्न गर्नका लागि विभिन्न समितिहरु निर्माण गरिएको उनले बताए ।

महायज्ञमा प्रवचन अच्युत शरण महाराजले गर्नेछन् । मन्दिरको उक्त प्रयासलाई सफल पार्न सक्दो सहयोग गर्न आग्रह गरे । यसैबीच मन्दिर परिसरमा रहेको भवनमा महायज्ञ व्यवस्थापन समितिको सचिवालयको स्थापना गरिएको छ ।

शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी पत्रकार सम्मेलन गरिएको थियो । महायज्ञ कार्यक्रमका संयोजक मान बहादुर बलायरको सभापतित्वमा भएको कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर १ का वडा सदस्य गम्भीर साउँद प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा अच्युत शरण महाराज बिशिष्ठ अतिथी रहेका थिए भने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद कापडी, नेकपा एमालेका युवा नेता छबिन्द्र नाथ योगी लगायत स्थानियको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन महायज्ञ व्यवस्थापन समितिका सचिव खेम राज भट्टले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0