अत्तरियामा संयुक्त ख्रीष्टमस कार्यक्रम सम्पन्न


अत्तरिया:  कैलालीको अत्तरियामा संयुक्त ख्रीष्टमस कार्यक्रमको आयोजना गरिएको छ । इसाई समाज गोदावरीले ख्रीष्टमसको पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरेको हो ।

इसाई समाज गोदावरीका सभापति डेबिट कैनीको अध्यक्षतामा भएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट प्रमुख अतिथी रहेका थिए । कार्यक्रम अत्तरियाको श्रीजनशील युवा क्लबको मैदानमा सञ्चालन भएको थियाे।

पुस ९ गते ख्रीष्टमस डे मनाइँदै छ । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्म जयन्तीका अवसरमा ख्रीष्टमस (क्रिसमस) दिवस मनाइने  नगर अध्यक्ष डेविट कैनिले वताए  ।  नगर प्रमुख विरेन्द्र भट्टले धर्मले समाजलाई लक्षित बाटोमा डोर्याउँने बताएका छन् ।

समाजको प्रगतिका लागि धर्म आवश्यक रहेको भन्दै उनले धर्मको संरक्षण पनि आवश्यक रहेको र त्यसकोलागि तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने बताए । आज (शनीबार) गोदावरी इसाई समाजले अत्तरियामा आयोजना गरेको संयुत्त ख्रीष्मस कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले नेपालमा सबै जातजाती भाषाको समान अधिकार रहेको बताए ।

“उनले भने नेपाल धर्म निरपेक्ष राष्ट्र भएको हुनाले हरेक ठाँउमा सबैको अधिकार बराबर रहन्छ, संविधानले नै धर्म निरपेक्ष राष्ट्र बनाईसकेपछी कसैको कम अधिकार र कसैको बढी भन्ने हुदैँन ।” गोदावरी नगरपालिका इसाई र मुस्लीम समाजकालागि दश दश लाख रुपैँया बजेट छुट्याईएको उनले बताए ।

गोदावरी धाम र आर्यघाटको विकास अनिवार्य रहेको भन्दै उनले इसाई र मुस्लीम धर्मका व्यत्तिहरुकालागि अलगै आर्यघाट अनिवार्य रहेको महसुस आफुलाई भएको बताएका छन् ।

यसकालागि दुवै धर्मका व्यत्तिहरुसंग बसेर छलफल गरिने उनले बताए । यसुले समाजलाई सहि बाटोमा हिँडाउनकालागि उदेश्यले गरेका प्रयासहरु अविष्मरणीय रहेको भन्दै नगर प्रमुख भट्टले ख्रीष्मस डे को शुभकामना व्यक्त गरेेका थिय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0