धनगढीमा आधुनिक बसपार्क निर्माण गर्न ‘डिपिआर’काे काम सम्पन्न


अत्तरिया :  धनगढीमा निर्माण गरिने आधुनिक बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। धनगढी उपमहानगरपालिका–३ को चटकपुर, कालिकाटोलमा प्रस्तावित आधुनिक बसपार्कको डिपिआर तयार भएको हो।

नगर विकास कोष र धनगढी उपमहानगरपालिकाको बित्तीय लगानीमा निर्माण गरिने प्रस्तावित बसपार्कको डिपिआर तयार भएको नगर प्रमुख गोपाल हमालले मिडियालाई जानकारी दिए।

धनगढी उपमहानगरले वडा नम्बर ३ चटकपुर, कालिकानगरको सरकारी पर्ति जग्गामा आधुनिक बसपार्क बनाउने तयारी गरेको हो। अहिले धनगढी बजार क्षेत्रमा रहेको बसपार्क एक बिघा जग्गामा मात्रै छ।

डिपिआर तयार भएसँगै उपमहानगरलाई जग्गा भोगाधिकार प्राप्त गर्ने बाटो खुलेको छ। वडा नम्बर–३ को कित्ता नम्बर १ को सरकारी जग्गाको स्वामित्व संघीय सरकारबाट प्राप्त गर्ने र आधुनिक बसपार्क बनाउने योजना उपमहानगरको रहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0