डडेल्धुरामा जीप दुर्घटना हुदा घाइते ओलीको मृत्यु, दुईजनाको उपचार हुँदै


दुर्घटनामा परि अमरगढी नगरपालिका-८ बस्ने दानबहादुर ओलीको मृत्यु भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

दुर्घटनामा घाइते भएका नवदुर्गा गाउँपालिका- ९ बस्ने दीपक बुढाऐर र नवदुर्गा ४ बस्ने दीपेन्द्र बोहराको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार जिल्ला सदरमुकामबाट भागेश्वर गाउँपालिकातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०४–००१च१८८ नम्बरको जिप आइतबजार नजिक दुर्घटना भएको थियो ।

दुर्घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0