मानिसहरु आफ्नै व्यवसाय शुरु गर्न किन डराउँदैछन् ?


किन त मानिस आफ्नो व्यवसाय शुरु गर्न डराइरहेका छन् । हामी यहाँ चर्चा गर्न गइरहेका छौ ।

असफल हुन्छु भन्ने डर

पहिलो कुरा त असफल हुने डरले मानिसलाई भित्रदेखि पिरोलिरहेका हुन्छ । कुनै पनि व्यवसाय सुरु गर्नुअघि मानिसहरुलाई सबैभन्दा डर लाग्ने कुरा भनेको असफलता हो। व्यापार असफल भए के होला भनेर मानिसहरु सोच्छन्। व्यवसाय चलेन भने आफ्नो समय र पैसा पनि खेर जाने डर मानिसमा हुन्छ।

सामना कसरी गर्ने

यो डरको सामना गर्न त्यति सजिलो छैन तर यो असम्भव पनि छैन। व्यापार सुरु गर्नुअघि बजार अनुसन्धान गर्न आवश्यक छ। यस अनुसन्धानका साथ आफ्नो उत्पादन वा सेवाका बारेमा बजार प्रतिक्रिया प्राप्त गर्नुपर्छ। त्यसले व्यवसाय चल्छ वा चल्दैन भनेर थाहा पाउन सजिलो हुनेछ। केही परिवर्तन गर्न आवश्यक छ भनेर बुझ्न पनि सजिलो हुनेछ।

प्रतिस्पर्धाको डर

जब व्यापार सुरु गर्ने विचार दिमागमा आउँछ तब मानिसहरु प्रायः उही गल्ती गर्छन् र पहिले नै चलिरहेको व्यवसाय जस्तै केही सुरु गर्न चाहन्छन्। त्यसपछि उनीहरु डराउन थाल्छन् कि बजारमा यति धेरै प्रतिस्पर्धा छ। यस्तो अवस्थामा आफ्नो व्यवसाय कसरी चलाउने ? बजारमा परीक्षण नभएकाले मानिसहरु कुनै नयाँ कुराको प्रयास गर्नबाट जोगिन्छन् । यससँगै बजारमा बिक्री भइरहेका उत्पादन वा सेवाको परीक्षण पनि भइसकेको छ ।

समाधान

यो डरलाई सम्बोधन गर्न एउटा नवीनतम आइडियाका साथ बजारमा प्रवेश गर्नुपर्छ। यसका साथै आइडियालाई यति शानदार बनाउन प्रयास गर्नुपर्छ कि यसलाई पेटेन्ट गर्न सकिन्छ र त्यसपछि कसैले यसलाई चोर्न सक्नेछैन। तर, नयाँ आइडिया लिएर बजारमा प्रवेश गर्दा पहिले बजार अनुसन्धान गर्नुपर्छ ता कि यसको असफलताको सम्भावनालाई कम गर्न सकिन्छ।

स्रोत नहुने डर

प्रायः मानिस आफूसँग स्रोतको अभाव भएको भन्दै व्यवसाय गर्न डराउँछन्। उनीहरु सोच्छन्, ‘न त्यति पैसा छ न त त्यति धेरै सम्पर्क छन्, जसको मद्दतले व्यवसाय सफल बनाउन सकिन्छ।’ स्रोत जुटाउने डर सबैभन्दा कमजोर डर हो। जसबाट सजिलै छुटकारा पाउन सकिन्छ।

समाधान

व्यवसाय सुरु गर्नुअघि स्रोतहरुका बारेमा चिन्ता गर्न आवश्यक छैन। पैसाको कमी छ वा सम्पर्कहरु छैनन् भनी सोच्न हुँदैन। केवल उत्कृष्ट व्यापारबारे विचार गर्नुपर्छ। यदि सोच शानदार छ भने व्यवसायमा पैसा लगानी गर्ने मान्छेको लाइन लाग्नेछ। त्यसैले आवश्यक छ त एउटा उत्कृष्ट व्यापार योजना र लगानीका स्रोत फेला पार्न केही कडा मेहनत। विभिन्न स्रोत साम्रग्रीका आधारमा यो म्याटर तयार पारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0