बैतडीका असहायलाई समाजसेवी बोहराद्वारा न्याँनो कपडा सहयोग


अत्तरिया :  समाजसेवी विर बहादुर बोहराको पहलमा बैतडीका १०० जनालाई एक कार्यक्रम बिच न्याँनो कपडा वितरण गरिएका हुन । बिगत लामो समय देखी भारतको नयाँ दिल्लीमा बस्दै आँउनु भएका समाज सेवी बोहराले शनिबार मात्र बैतडी जिल्लाको पुचौडी नगरपालिका वडा नम्बर ८ मल्लादेवि गाँउमा न्याँनो कपडा वितरुण गरिएका हुन ।

समाजसेवी बोहराले गरिब, अशहाय, असक्त र न्यून आम्दानि भएका ब्यक्तीहरुलाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए । उनले शनिबार मात्र पुर्चौडी गाँउपालिकामा रहेको श्री रत्न आधारभुत बिद्यालयमा एक कार्यक्रमका साथ उत्त सामाग्री बितरण गरिएको हो । स्थानियहरुले बोहरालाई सो कार्यक्रम मा सम्मान समेत गरिएको छ ।
चिसोको मौसम बढेकोले समाजमा रहेका असहाय ब्यक्तीहरुलाई न्याँनोमा बस्न का लागि १०० जनालाई न्याँनो स्विटर र कम्मलहरु एक एक थान वितरण गरेको समाजसेवी बोहराले हामीलाई खबर दिनु भएको छ ।प्रवास भारत मा बसेर समाजको सेवा गर्दै आउनु भएका समाजसेवी बोहराले भारतको दिल्लीबाट नेपालको महेन्द्रनगर, धनगढी, काठमाण्डौ र नेपालगञ्ज सम्मका लागि दैनिक सुदुरपस्चिम टुर एण्ड ट्राभल्स सञ्चालन गरी सेवा गर्दै आँउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0