डडेल्धुराको नवदुर्गा गाउँपालिकामा अपाङगता परिचयपत्र वितरण गर्न शिविर सञ्चालन


नवदुर्गा गाउँपालिका र लुनिभा बालसरोकार समूह नेपालको सयुक्त आयोजनामा शिविर नै सञ्चालन गरेर अपाङगता परिचय पत्र वितरण गर्न थालिएको हो । सोही क्रममा आज वडा नम्बर २ मा शिविरको आयोजना गर्दै शारीरिक रुपमा असक्त भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको वडा अध्यक्ष दिलबहादुर बिष्टले जानकारी दिएका छन ।

शिविरमा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी, उपाध्यक्ष निर्मला बोगटी, प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङ लगायतको सहभागिता रहेको थियो ।

गाउँपालिका स्राेतका अनुसार अपाङगता परिचय पत्र वितरणका लागि प्रत्येक वडामा शिविरको आयोजना गरिएको छ । पालिकाले सम्पूर्ण अपांगता सम्बन्धी समस्या भएका नागरिकलाई सेवा लिन आग्रह पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0