गाेदावरीका मेयर बिरेन्द्र भट्टले गरे , वरपिपल गल्लीमा सिस्टर्स ब्युटीपार्लर एण्ड कस्मेटिक्स सेन्टरकाे उदघाटन


 

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा न. १  अत्तरिया बजारको बरपिपल गल्लीमा सिस्टर्स ब्युटीपार्लर एण्ड कस्मेटिक्स सेन्टर संचालनामा आएको छ । ब्युटीपार्लर एण्ड कस्मेटिक्स सेन्टरलाई गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले रिबन काटी उद्घघाटन गरिएकाे छ ।

गोदावरी-३ मालाखेतीकी पुष्पा भण्डारीले ८ लाख लागतमा उक्त  पार्लर सञ्चालनमा ल्याएकी हुन् । सिस्टर्स ब्युटीपार्लर एण्ड कस्मेटिक्स सेन्टर आधुनिक प्रविधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो । विगत केही वर्ष देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभवलाई आफ्नै ठाउँमा केही गरौँ भन्ने उद्देश्य साथ संचालन गरिएको पुष्पा भण्डारीले बताएकी छन् ।

सो ब्युटीपार्लरमा अनुभवी सौन्दर्यकर्मी मार्फत ग्राहकहरुलाई सेवा सुबिधा प्रदान गरिने र महिलाहरुलाई चाहिने सौन्दर्य सामग्री समेत बिक्री वितरण हुने कुरा सौन्दर्यकर्मी पुष्पा भण्डारीले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0