गोदावरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम याे वर्ष वडा नं १२ बाट सुरु


अत्तरिया : श्रमको सम्मान, राष्टको अभियान भन्ने मूल नाराका साथ कैलालीको गोदावरी नगरपालिका वडा नं १२ चापमा एक कार्यक्रम बीच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टद्वारा ब्यानर पढेर  बाटो खनी रोजगार कार्यक्रमको समुद्घघाटन भएको छ ।
समुद्धघाटन कार्यक्रमकाे सभापतिमा गोदावरी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष भीम बहादुर खड्काले विगतमा हुँदै गरेको कामलाई  थोरै भए पनि रोजगार कार्यक्रम मार्फत रोजगारी प्रदान गरेकाे र यसपाली पनि यस वडा मा १० जनालाई रोजगारी दिने कुरा वडा अध्यक्ष खड्काले जानकरी दिएका थिए ।

 यस क्षेत्रमा  रहेका बेरोजगार, विपन्न, वर्ष भरि खाना खान नपुग्नेहरु लाई १०० दिन सम्म भए पनि रोजगार दिई स्वरोजगार वन्ने नीति अनुरूप यस ठाउँमा कार्यक्रम अगाडि बढेको छ ।

यस क्षेत्रमा स्थानीय जनताले हिँडडुल गर्दैै गरेको बाटोघाटो मर्मत ( बाटो खन्ने , ढुंगा छाप्ने, सम्म्याउने ) गरी यस वडा मा १० जना महिलाहरुलाई १०० दिन रोजगार दिई स्वरोजगार बनाउने लक्ष्य रहेको कुरो गोदावरी नगरपालिकाका रोजगार संयोजक रोहित प्रसाद जोशीले जानकारी दिएका छन ।

गोदावरी नगरपालिका भित्र प्रधानमन्त्री रोजगार कार्यक्रममा ७३ जना छनोटमा परेका मध्ये गोदावरी नगरपालिका – १२ वडामा मात्र १० जना विपन्न परिवारका सदस्यहरुलाई रोजगारी दिने भनि छनौट भएका छन ।
केही महिना अगाडी पालिकामा फाराम भरेकाहरु मध्ये विपन्न, गरीब, पिछडिएका लाइ प्राथमिकतामा राखी रोजगार दिने प्रक्रिया अनुसार आज बाट नै काम संचालन भएको छ ।

कोलमुडामा क्षेत्रमा रोजगार कार्यक्रममा काम गर्ने १० जना श्रमिकलाई ७ लाख मा बीमा सहित रोजगार दिँदै
काम र दाम दैनिक रूपमा काम काज गर्ने प्रति दिन ८ घण्टा काम गर्नु पर्ने रहेको छ । प्रधानमन्त्रि रोजगार ६०% महिला हुनु नै पर्ने भएकोले यस वडा  मा सबै १० जना महिला नै रहेका छन् । १०० दिन काम गरेमा ६८ हजार रुपैयाँ प्रति ब्यक्तिले पाउने कुरो रोजगार कार्यक्रम संयोजक जोशीले बताए ।

रोजगार कार्यक्रमको कामको निर्देशन एबं प्राविधिक निरिक्षण का लागि रोहित सुबिदी (प्राविधिक सहायक – रोजगार सहायक) र अनिल विकले हेर्ने गरी फिल्डमा खटाएको कुरो वडा अध्यक्ष भीम बहादुर खड्काले बताए ।

गोदावरीको पर्यटकीय सम्भाव्यता बोकेको नायल ताल को विकासमा यस नगरपालिका बाट के कति गर्न सकिन्छ त्यो काम मा लागेको र विकासमा पछाडि परेको सल्ली चाप सम्म सडक सुविधा १२ महिना नै चल्ने बनाउन प्रदेश सरकार संग पहल समेत गरी सकेको कुरा नगर प्रमुख  बिरेन्द्र भट्टले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0