यसपटककाे सुदूरपश्चिम महोत्सवमा मोवाईल वालेट खल्तीबाट टिकट खरिद गर्न सकिने, यस्तो छ प्रक्रिया


अत्तरियाः  सुदूरपश्चिम महोत्सवको टिकट खल्तीबाट खरिद गर्न सकिने भएको छ । धनगढीमा संचालन हुदै गरेको कैलाली उद्योग बाणिज्य संघको आयोजनामा यहि मंसिर २२ गतेदेखि पुष २ गतेसम्म लाग्ने महोत्सवको प्रवेश शुल्क मोवाईल वालेट खल्तीबाट खरिद गर्न सकिने भएको हो ।

 समयको माग,दर्शकको भिड र सुरक्षालाई मध्यनजर गर्दै यस बर्षको टिकट खल्तीबाट बिक्रि गरिने आयोजक कैलाली उद्योग बाणिज्य संघले जानकारी दिएको छ । अघिल्लो बर्षसम्म प्रत्यक्ष महोत्सव स्थलको गेटमा कागजी टिकट विक्री गर्दै आएको आयोजकले यस बर्षदेखि दर्शकको सहजताका लागि मोबाइलबाटै टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको जनाएको छ ।

यस बर्षको महोत्सव अवलोकनको लागि विद्यार्थीलाई रु ५० र सा धारणालाई रु १०० तोकेको छ । भने फरक क्षमता भएका व्यक्तिहरुको लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । आफ्नो मोबाइलमा भएको खल्तीको एपमा गई दिइएको निर्देशन अनुसार घरमै बसी मोबाइलबाटै टिकट बुक गर्न सकिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0