नेकपा माओवादी केन्द्र सहित काँग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता पार्टी छाडेर स्वतन्त्र भएका छन् । उनीहरुले संयुक्त प्रेस विज्ञप्ति मार्फत पार्टी छाडेर स्वतन्त्र भएको घोषणा गरेका हुन् ।
यसरी स्वतन्त्र हुनेमा १ सय ५६ जना रहेका छन् । पार्टीमा छाड्नेमा अधिकाँश माओवादी केन्द्रका नेता कार्यकर्ता छन् ।
विज्ञप्तिमा उनीहरुले पार्टी छाडेर तटस्थ बस्ने र सामाजिक कार्यमा लाग्ने बताएका छन् । विज्ञप्तिमा राष्ट्र र समाज निर्माणको अभियान पूराना राजनीतिक दलबाट पूरा हुन नसक्ने निष्कर्ष निकालिएको उल्लेख गरिएको छ । पार्टी छाडेर स्वतन्त्र हुने सबै भीमदत्त नगरपालिकाका छन् ।