नवदुर्गा गाउँपालिका स्तरिय टी–२० क्रिकेटको उपाधी असिग्राम युवा क्लवकाे पाेल्टामा


डडेल्धुरा : तिहारकाे  अवसरमा डडेल्धुराको नवदुर्गा गाउँपालिकामा सम्पन्न टी–२० क्रिकेट प्रतियोगिताको उपाधी असिग्राम युवा क्लवले  अाफ्नाे पाेल्टामा पारेकाे छ ।

उपाधी जितेसंगै असिग्राम युवा क्लवले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेलाडी हरेन्द्र भट्टले  मिडियालाई बताए ।

डाँडावन युवा क्लवले प्रतियोगिताको उपविजेता बन्दै २५ हजार ५ सय ५५ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक जयभुवन युवा क्लबले जनाएको छ ।
फाईनल खेलमा डाँडावन युवा क्लवले ९ विकेट गुमाउदै दिएको ६० रनको लक्ष्य असिग्रामले १ विकेटको क्षतीमा ६ ओभरमै भेटाएको थियो । २० ओभरको टी–२० क्रिकेट प्रतियोगितामा १६ टिमले सहभागीता जनाएका थिए ।

खेल समापन कार्यक्रममा नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले विजेता र उपविजेतालाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र हस्तातरण गरेका थिए । जयभुवन युवा क्लबको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा नवदुर्गा गाउँपालिकाको मुख्य प्रायोजन र वडा नम्बर १ कोटेलीको सहप्रायोजन रहेको थियाे। असिग्रामका खेलाडीहरु  खेल जिते संगै अाफ्नाे गाउँमा विजय र्याली निकाल्दै खुसियाली    वाडेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0