भारतीय बजार वन गाउँमा नेपाली  ग्राहकलाई कुटपिट


२३ वर्षीय झलक कुँवर  कुटिएका छन् ।  कपडा  किन्न बनगाउ पुगेका उनलाई कपडा पसल साहुजीले टाउकोमा हानेको पीडित कुवरले बताए ।आफूले लुगा किन्दा नेपाल भन्दा महँगो भएको भने पछि आफूलाई आक्रमण गरेको बताए।

त्यहाँका सबै पसलका साउँजीहरूले मिलेर  आफूलाई कुटपिट गरेको बताए । यस्ता भिडभाड भएका बेला दैनिक ५,६ जना कुटिने चाउमिन व्यवसाय गरिरहेका राना बताउछन।

यसरी चाड पर्वका बेला नेपाली त्यहाँ कुटिनु कुनै नौलो कुरो भने होइन ।त्यहाँका पसलहरुले सस्तो समान भनेर बढी पैसा लगेको समान किन्न गएकी मनसरा धामीले बताइन। शनिवार दिउसो करिब ३ बजे न्यु बलाजी किराना स्टोर र गोल्डी कलथ कलेक्सनका सञ्चालकले दुई नेपाली ग्राहकहरूलाई कुटेका थिए ।

वन गाउँमा किनमेल गर्न पुगेका धनगढी उपमहानगरपालिका–४ का तुल्सी ओझा धनगढी बजारमा भन्दा हरेक सामान सस्तोमा पाइने भएकोले किनमेल गर्न जाने गरेको  मिडियालाई बताए ।

खास गरी नुन, चिनी, खुर्सानी, मसलालगायत दैनिक उपभोग्य वस्तु किन्न आफूहरू भारतीय बजार पुग्ने गरेको भए पनि यहाँका व्यापारीहरूले समान किन्दा तुच्छ व्यवहार गरेको उनको  भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0