गोदावरीकाे १० नं. वडा द्वारा युवा क्लब तथा बालक्लबहरुलाई खेलकुद सामग्री वितरण


वडामा रहेका ६ वटा युवा क्लब र २ वटा बाल क्लबहरुलाई खेलकुद सामग्री वितरण गरिएको वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) ले जानकारी दिए ।  अध्यक्ष शाहीले युवा तथा बालबालिकाहरुको खेल क्षेत्रको विकासका लागि सामग्री प्रदान गरिएको बताए ।

‘अहिले विश्वका कतिपय देशहरु खेलकुदकै माध्यमबाट चिनिएका छन’ उनले भने ‘हाम्रो वडामा रहेका प्रतिभावान युवाहरुले पनि खेलकुदलाई आफ्नो प्यासनका रुपमा अगाडी बढाउन भन्ने हाम्रो चाहना छ, त्यसका लागि नै हामीले सामग्री सहयोग गरेका हौ ।’ उनले वडाका तर्फबाट प्रत्येक वर्ष युवा क्लब तथा बालक्लबहरुलाई खेलकुदका सामग्रीहरु वितरण गर्दै आईरहेको बताए ।

वडाले खेलकुद सम्बन्धी कार्यक्रमका लागि छुट्याएको ४ लाख बजेटबाट सामग्री वितरण गरिएको वडा सचिव हिक्मत साउँदले मिडियालाई बताए । उनका अनुसार वडाले भलिबल र नेटजाली, फुटबल, क्रिकेटका सम्पुर्ण सामग्री र व्याटमिन्टनका सामग्रीहरु वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0