भाटभटेनीका सञ्चालक मीनबहादुरले भूकम्प पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सरकारलाई बुझाए
अत्तरिया : भाटभटेनीका प्रबन्ध निर्देशक एवं सञ्चालक मीनबहादुर गुरुङले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि घोषणा गरेको १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन्। सञ्चालक गुरुङले भाटभटेनीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेका हुन्।