धनगढीबाट बाजुरा जाँदै गरेको जिप सेतीमा खस्दा चार जनाको मृत्यु, ६ घाइते


अत्तरिया : धनगढीबाट बाजुरा जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

 

धनगढीबाट बाजुरा जाँदै गरेको जिप शनिवार राति २:१८ मा केआई सिंह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिका वडा नम्बर-६ अण्यौलमा दुर्घटना भएको हो। २१ वर्षीय चालक महेश बुढाले चलाएको ग २ च २७७६ नम्बरको बोलेरो जिप सडकबाट अनियंत्रित भएर अन्दाजी ५०/६० मिटर तल सेती नदीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटना परि बाजुराको हिमाली गाउँपालिका वडा नम्बर-५ कि २२ वर्षीया राधिका मलाल, सोही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा, मृतक धनशोभाका ६ वर्षीय छोरा कविन्द्र बुढा र दुर्घटनामा परि गम्भीर घाइते भएकी विमला मलालकी अन्दाजी ८ महिनाकी छोरी प्रार्थना मलाल रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर हिमाली गाउँपालिका वडा नम्बर-५ का ३० वर्षीय प्रकाशबहादुर बुढा थापा, सोही ठाउँ बस्ने २३ वर्षीय खेमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीया विमला मलाल र २१ वर्षीय राजबहादुर मलाल घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चार जनाको अवस्था मध्यम छ भने विमला मलालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटना भएको थाहा पाउने बित्तिकै प्रहरी सहायक निरीक्षक विपिन भण्डारीको कमान्डमा खटिएको ६ जनाको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि शैलेश्वरी अस्पताल डोटीमा पठाएको छ भने सामान्य घाइते रहेका चालक महेश बुढालाई नियन्त्रणमा लिइएको उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक विपिन भण्डारीले मिडियालाई बताए।

घटनास्थलमा राति ३ बजे नै डोटी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सहित १५ जनाको प्रहरी टोली पुगेर घाइतेको उद्धार गर्ने र मृतकको पहिचान गरिएको डोटी प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0