गन्यापधुरा गाँउपालिकाका अध्यक्ष ईन्द्र बहादुर कार्किले भुकम्पबाट प्रभाबित जनताहरुलाई राहत स्वरुप एक लाख पचास हजार रुपैया दिने घोषणा गरेको छ ।
याे समाचार तयारपार्दा सम्म जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी १ सय २८ जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते भएका छन् । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगा सहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ठुलो क्षति गरेको छ ।