जाजरकाेटका भुकम्प पिडितलाई नबदुर्गा गाँउपालिकाद्वारा डेढ लाख सहयोग गर्ने घोषणा


नबदुर्गा गाँउपालिकाका अध्यक्ष लक्ष्मीप्रशाद अबस्थीले भुकम्पबाट प्रभाबित जनताहरुलाई राहत स्वरुप एक लाख पचास हजार दिने घोषणा गरेको जनाएको छ ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी १ सय २८ जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते भएका छन् । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगा सहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ठुलो क्षति गरेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0